रारा पुग्ने छोटो सडकमार्ग निर्माण कार्य शुरु

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 3 mins

मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगुमा अवस्थित पर्यटन विकासको प्रवल संम्भावना रहेको नेपाल कै ठुलो र गहिरो ताल रारा जाने छोटो बाटोको बिस्तार गर्ने काम थालिएको छ ।

नेपाल सरकार सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राबिधिक सहयोगमा छायाँनाथ रारा नगरपालिका तली तुम गाउँबाट देखी वडा नं ३ लामाचौर सम्मको सडक बिस्तार गर्ने काम थालीएको हो ।

विशेष गरि जिल्ला सदरमुकाम गमगढीबाट रारा ताल जान पैदल दुरीमा २ घण्टा लाग्ने र गाडीमा रारा विमानस्थल भएर जाँदा १ घण्टासम्म समय लाग्ने गर्दछ, गमगढी लामाचौरको दुरी अत्यन्तै छोटो र छिटो रारा पुगिने भएकाले यो सडक बिस्तारको काम अघि बढेको सडक डिभिजन कार्यालयका ईन्जिनियर वीर बहादुर जिटीले बताउनु भयो । उहाँले भन्नुभयो, नेपालकै गौरवको रूपमा रहेको राराताल क्षेत्रको पर्यटन बिकासमा टेवा पुर्याउन यो सडक बिस्तार गर्ने काम अघि बढाइएको हो ।

सडक बिस्तारको कामको जिम्मा बिनम्र निर्माण सेवा सुर्खेतले लिएको छ । यस मार्गको जम्मा लागत रू ५५ लाख ४ हजार ७ सय ७५ रूपयाँ रहेको र सडक मार्ग २०८१ आषाढ मसान्त सम्म निर्माण गरि सक्नु पर्ने छ भने २०८० असोज २४ गते सम्बन्धित निर्माण कमिनी र सडक डिभिजन कार्यालय जुम्ला बिच दुईपक्षिय ठेक्का सम्झौता भएको थियो ।

पर्यटकीय मार्गको बिस्तारको काम हाल धमाधम भैरहेको छ । २ देखि ३ किलोमिटर लम्वाई रहेको उक्त पर्यटकीय सडक मार्गमा १ दशमलव ५ किलोमिटर ४ मिटर चौडाईको ग्रावेल, झण्डै ४५० घनमिटरको ग्याबिन जाली र २ दशमलव ५ किलोमिटर सडक चौडा पार्ने काम हुने सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

रारा पर्यटकिय मार्गको बिस्तारको काम सम्पन्न भएमा गमगढी बासीका साथै कर्णाली करिडिर र कर्णाली राजमार्ग हुँदै मुगु जिल्ला सदरमुकाम गमगढी आएका आन्तरिक तथा बाह्य पर्यटकहरूलाई राराताल पुग्न बढिमा २० देखि ३० मिनेटसम्म लाग्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?