काठमाडौं । पहिलो हाफमा दुई गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा सनसनीपूर्ण पुनरागमन गर्दै नेपाल सुपर लिगमा धनगढी एफसी पुनः शीर्षस्थानमा फर्किएको छ । दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा स्पोर्टिङ इलाम डे मेची एफसीसँग दुई-दुईको बराबरी खेल्दै अपराजित टोली धनगढी शीर्षस्थानमा फर्किएको हो ।
पहिलो हाफमा राम्रो प्रदर्शनका बाबजुद अन्तिम मिनेटमा धनगढीले दुई गोल बेहोरेको थियो । दोस्रो हाफमा आक्रामक फुटबल खेल्दै धनगढीले दुई गोल फर्कायो । खेलमा भने अधिकांश समय साबिक उपविजेता धनगढी हावी रहेको थियो । लगातार दोस्रो खेलमा बराबरी खेलेको धनगढी चार खेलमा आठ अंकसाथ शीर्षस्थानमा फर्किएको हो । इलामले भने पाँच खेलमा चार अंक जोडेको छ ।
पहिलो हाफको ४५औँ मिनेटमा एनडवको क्रसमा फोडे कामाराले सिक्स यार्ड बक्स भित्रबाट सहजै गोल गर्दै मेचीलाई अग्रता दिलाउनुभएको थियो । थपिएको समयमा धनगढीका गोलरक्षक मोहम्मद ताहाले कर्नर किकबाट आएको बल हातबाट फुस्काएपछि अनमार्क रहनुभएका थिओमले गोल गर्दै इलामको अग्रता पहिलो हाफमा दोब्बर बनाउनुभएको थियो ।
धनगढीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यो । इलामका खेलाडीले फल गरेपछि खेलको ६८औँ मिनेटमा धनगढीले पेनाल्टी पायो । अग्यमङले पेनाल्टीमा गोल गर्दै धनगढीलाई खेलमा फर्काउने संकेत गर्नुभयो । ८४औँ मिनेटमा परिवर्तित खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका ओलावालेले बराबरी गोल गर्दै धनगढीलाई एक अंक दिलाउनुभयो ।
खेलको अन्तिम समयमा धनगढीले विजयी गोलको अवसर पाएको थियो तर रामचन्द्र वाजीको प्रहार क्रसबारमा लागेर फर्कंदा धनगढी जितबाट वञ्चित भयो ।
त्यसअघि खेलको १४औँ मिनेटमा धनगढीका अहमद हिजाजीले वान अन वान अवसर खेर फाल्नुभयो । उहाँ बिना कुनै सम्पर्क लड्न पुगेपछि धनगढीले मौका गुमायो । १९औँ मिनेटमा हिजाजीको साइमन लिम्बूको बक्स बाहिरबाट लिएको प्रहार पोस्टको माथिबाट बाहिरियो ।
२२औँ मिनेटमा धनगढीका फोडे फोफानाको क्रस इब्राहिम जितेले क्लियर गर्नुभयोे । २३औँ मिनेटमा आशिष चौधरीको पासमा रोहन कार्कीले बक्स बाहिर बल नियन्त्रणमा लिएर बक्सभित्र गएर गरेको प्रहार गोलरक्षकले जोगाउनुभयो । २९औँ मिनेटमा इब्राहिमको फ्रि-किक धनगढीका गोलरक्षक मोहम्मद ताहाले पोस्टको माथि फालिदिनुभयो । ३०औँ मिनेटमा ओमार थिओमको प्रहार ताहाले सहजै बचाउनुभयो ।
५५औँ मिनेटमा कमल श्रेष्ठको क्रस आशिष चौधरीको हेडर पासपछि फोडे फोफानाले गरेको प्रहार र रिबाउन्डमा पनि हिजाजीको प्रहार इलामका गोलरक्षकले समात्नुभयो । ७७औँ मिनेटमा धनगढीले खेलमा ओलावाले अफिजलाई मैदान उतारेपछि उहाँले हेडरमार्फत् बराबरी गोल फर्काउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच