डम्बर र सुहाङकाे तस्बिर शेयर गर्दै कांग्रेस महामन्त्री शर्माद्वारा नेम्वाङलाई बधाई ज्ञापन

हिमालय टाइम्स
Read Time = 3 mins

-राजेन्द्र गाैतम

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङलाई बधाई दिनुभएको छ ।

उहाँले सुहाङ र डम्बर खड्काले कसिलो हात मिलाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेख्नु भएको छ, 'लोकतन्त्रको यो आत्मा र यो सौन्दर्यलाई जगाउनु र जोगाउनु हामी सबैको जिम्मेवारी हो ।' महामन्त्री शर्माले सुहाङलाई मात्रै बधाई दिनुभएको छैन, नेकपा एमालेलाई पनि बधाई दिनु भएको छ ।

महामन्त्री शर्माले भन्नुभएको छ, 'बधाई सुहाङ नेम्वाङ, बधाई नेकपा एमाले !' सुहाङलाई बधाई दिने क्रममा महामन्त्री शर्मालेले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङलाई समेत स्मरण गर्नुभएको छ, 'पिताकोझैँ सालिनता, निष्ठा र निरन्तरता रहिरहोस्, सुहाङलाई शुभकामना र शुभेच्छा ।'

वैशाख १५ मा इलाम २ को उपनिर्वाचन तुलनात्मक रुपले स्वस्थ र मैत्रीपूर्ण रूपमा सम्पन्न त भयो नै, परिणामपछि पनि मुख्य प्रतिस्पर्धी दल र उम्मेदवार बीच हार्दिकता जिवन्त रहेको धारणा शर्माले राख्नु भएको छ । उहाँले स बझाङको प्रदेशसभा उपनिर्वाचनमा विजयी एमाले उम्मेदवार दमन भण्डारीलाई बधाई, शुभेच्छा र शुभकामनासमेत दिनुभएको छ ।

महामन्त्री शर्माले नेपाली कांग्रेसलाई सम्मानजनक मत दिनु हुने दुवै क्षेत्रका आदरणीय मतदातामा आभार व्यक्त गर्नु भएको छ। उहाँले निर्वाचनमा अहोरात्र खट्नुभएका सबैलाई कदर र सम्मान व्यक्त गर्नु भएको छ । महामन्त्री शर्माले पोष्ट गरेको तस्वीरको क्याप्सनमा लेखिएको छ, 'विजेतालाई बधाई दिँदै काँग्रेस उम्मेदवार डम्बर खड्का ।'

वैशाख १५ गते भएको उपनिर्वाचनमा सुहाङ २७ हजार ७७२ मत ल्याएर विजयी बन्नु भएको हो । कांग्रेस उम्मेदवार खड्का २१ हजार ९४२ मतसहित उपविजेता हुनु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?