उपरथी शाही सैनिक प्रहरीको हिरासतमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अनुशासनविपरीत काम गरेको अरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले उपरथी शाहीलाई संगठनविपरीत गतिविधि गरेको आरोपमा मंगलबार नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उमेर हदका कारण शाही बुधबार (आज)देखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । शाहीले सेनाबाट अवकाशको पत्र पनि बुझिसक्नु भएको छ । उहाँले २०२३ सालको जन्ममिति कायम गर्न रिट हालेपछि सर्वोच्च अदालतले तत्काल अवकाशमा जान नहुने भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशपछि शाही मंगलबार नियमित कामको लागि जंगी अड्डा पुगेलगत्तै सैनिक प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

सैनिक मुख्यालयको अभिलेखअनुसार उहाँ २० पुसमा अवकाशमा जाँदै हुनुहुन्थ्यो । अवकाशको १५ दिनअघि बिदा बस्ने परम्पराअनुसार उहाँ बिदामा बस्नुभएको थियो । त्यहीबीच अदालतले उहाँको एक वर्ष जागिर लम्बिने गरी आदेश दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?