बारा । लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्न बाली सुक्न थालेको छ । चैतमा रोपेको चैते धानमा रोपेदेखि पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको छ ।
“खोला एवं पानी भएको र बोरिङ गरिएको ठाउँमा लगाइएको धान हरियो भयो, सिँचाइको पहुँच नभएको ठाँउमा लगानी पनि नउठ्ने भयो” बारागढी गाउँपालिका ६ का किसान जितेन्द्र चौधरीले बताउनुभयो ।
यस क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत धानबाली रहेकोले सिँचाइको पहुँच नपुग्ने ठाउँका किसानलाई सरकारले बोरिङको माध्यमबाट भएपनि सिँचाइ व्यवस्था मिलाउनुपर्ने माग किसानको छ ।
यसै गरि जीतपुरसिमरा उपमहानगरपालिका १७ रामनगरका किसान मानवहादुर पाख्रीनले झण्डै एक विघा क्षेत्रफलमा चैते धान लगाउनु भएको छ । धान रोपेको २० दिनभन्दा बढि भईसक्यो खाद्य हाल्न पाइएको छैन्, पाख्रीनले भन्नुभयो,‘धान खेतमा पर्याप्त पानी नभएको कारण खाद्य हाल्न पाएको छैन । कुलो र बोरिङको पानीको पालो आउन सात देखि पन्ध्र दिन कुर्नु पर्ने र पालो आएर पानी लगाएको एकदिनमै सुक्ने गरेको कारण खाद्य हाल्न नपाएको उहाँले जानकारी दिनुभयो ।
यस्ता समस्या किसान पाख्रिनको मात्र होइन बारा जिल्ला सहित तराई मधेसमा चैते धान खेती गरेका सबै किसानहरुको समस्या यस्तै रहेको छ, उहाँले भन्नुभयो,‘लामो सयम देखी खडेरीका कारण यतिखेर किसानहरु पिडामा छन । खडेरीले बारा सहित तराई मधेशका जिल्लाहरुमा वर्षा नहुदा जमिन सुख्खा भई धाँजा फाटेको उहाँले बताउनुभयो ।’
पानी नपरेपछि किसानहरुले लगाएका चैते धान, तयार भएका धानका वेर्ना र मकैबाली सुकेर मर्न थालेका छन । महँगोमा जोताई, मल, विऊ खर्च गरेर लगाएको बाली सुकेर मर्न थालेपछि लगानी नै डुब्ने चिन्ता किसानहरुलाई परेको छ उहाँले भन्नुभयो,‘चैते धान उत्पादनको हिसावले निकै प्रभावकारी हुदै आएको बारामा हरेक वर्ष धेरै किसानहरुले धान रोप्ने गरेका छन। सिँचाई सुविधा पुगेका र बोरिङको उपलब्धता भएका किसानहरुले जसोतसो गरेर धान रोपेका छन । तर धान रोपेका किसानहरु खेतमा लगाएको पानी एकदुई दिनमै सुक्ने समस्याले गर्दा पानी लगाउन मै हैरान भएका छन् । जमिन सुख्खा भएर हप्तामा दुई देखि तीन पटक सम्म पानी किनेर लगाउनु पर्ने भएकाले यो वर्ष चैते धान उत्पादन भन्दा लगानी बढी हुने उहाँले जानकारी दिनुभयो ।
बाराका १६ वटा स्थानीय तहका किसानहरुले पानी नपरेर खेत समेत जोतन पाएका छैनन । धान रोप्ने ठेगान नभएपछि खेत नजोतेको किसानहरुले बताउनुभयो । समयमा पानी नपरेपछि धेरै किसानका खेत बाँझै छन्।
’पानीपर्ने सम्भावना छैन । खेत जोतेर मात्रै के गर्नु’ बारागढी गाउँपालिका वडा नम्बर ६ का किसान शिव प्रसाद चौधरीले बताउनुभयो । ’आकाशबाट पानी नपरेसम्म धान रोपाइँ सम्भव छैन।’
धानका बोटहरुको लागि आकाशे पानी निकै पोषिलो र लाभदायी हुन्छ चौधरीले भन्नुभयो,‘ अन्य बोट विरुवा, मकैबाली पनि फस्टाउन सकेको छैनन । खडेरीका कारण मकै बाली पनि मर्न थालेपछि किसानहरु थप पिडामा परेका छन् । ’आकाशे पानीनपरेपछि वालीनाली राम्रोसंग फस्टाउन नसक्दा खेत बाँझै हुने पिरले निकै समस्यामा छौं ।
विहान १० बजे देखि दिनभर तातो हावाचल्ने गरेकाले बालीनाली मात्र होइन मानव स्वास्थ्यमा नै निकै असर पु¥याएको छ । हावा र चर्को घामले बोटविरुवाहरु सुकेर मर्न थालेका छन । देशको कुल ग्राहस्थमा कृषिउत्पादनले निकै महत्वपूर्ण भूमिका खेल्छ । यसरी सुख्खा खडेरीका कारण उत्पादन नैं घट्ने भएकाले देशमाखाद्य संकट लगायतको समस्या आउन सक्ने कृषि विज्ञहरुको भनाई छ ।
बढ्दो गर्मीसँगै वैशाख अन्तिम सम्ममा पनि पानी पर्न नसके चैते धानको उत्पादन घट्ने कृषि ज्ञान केन्द्र बारा प्रमुख राजनारायण प्रसाद साहले बताउनुभयो ।
अन्न भण्डारको रुपमा मानिने बारामा यस वर्ष १६ हजार हेक्टर जमिनमा चैते धान रोपिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।
१६ हजार हेक्टर क्षेत्रफलमा यस वर्ष चैते धान रोपिए पनि समयमा पानी नपर्दा किसान चिन्तित रहेको प्रमुख साहले बताउनुभयो । गत वर्ष मौसमले राम्रो साथ दिएका कारण बारामा प्रति हेक्टर पाँच मेट्रिक टन धान उत्पादन गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच