![तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र](https://ehimalayatimes.com/wp-content/uploads/2023/04/kalopatre-shuru.jpg)
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेलाई टी–ट्वान्टी विश्व कप खेल्न जान नेपालस्थिति अमेरिकी राजदूतावासले भिसा नदिएको भन्दै अभियन्ताहरुले विरोध जनाएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले क्रिकेटर लामिछानेलाई भिसा नदिइनु अन्याय भएको बताए ।
उनीहरुले लामिछानेलाई भिसा दिलाउन दवाब दिनका लागि भोलि दिउँसो १ बजे काठमाडौंको माइतीघरबाट नेपालस्थित अमेरिकन राजदूतावाससम्म शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरिएको बताए ।
अभियन्ताहरुले लामिछानेलाई भिसा दिलाउन नेपालस्थित अमेरिकन राजदूतावासमा धर्ना दिने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अन्तर्राष्ट्रिय जगतले पत्याएको खेलाडी लामिछानेलाई अमेरिकन राजदूतावासले भिसा नदिएकोप्रति आपत्ति जनाउनु भयो । उहाँले भिसा नदिएको कारण सन्दीपले अभ्यास खेलहरु छुटाउन परेको बताउनु भयो । उहाँले सन्दीपलाई भिसा नदिएको खण्डमा अमेरिकी राजदूतलाई नेपालका परराष्ट्रमन्त्रीले अमेरिका नै फिर्ता पठाइदिनुपर्ने समेत आकोश पोख्नुभयो ।
त्यसैगरी, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नेपालको राष्ट्रिय खेलाडीप्रति अपमान नगर्न अमेरिकी सरकारलाई आग्रह गर्नुभयो । सन्दीप लामिछानेलाई विश्वकप खेल्न पठाउन सक्ने शक्ति जनतासँग रहेको बताउँदै उहाँले सबै जनतालाई भोलिको धर्ना कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।
सन्दीपको पक्षमा आन्दोलन गर्दै आउनुभएका अर्का अभियान्ता डा.निकोलस भुसालले अमेरिकाले नेपालीको स्वाभिमान र वीरतामाथि प्रहार गरेको बताउनु भयो । सन्दीपलाई टी–ट्वान्टी विश्व कप खेल्न अमेरिका पठाउन दवाब दिने सन्दर्भमा कुनै पनि राजनीतिक दल, नेता र मन्त्रीहरुले केही नबोलेको उहाँको आरोप थियो।
अमेरीकी दूतावासले उनको भिसा रद्द गरेसँगै सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको आईसीसी टी-२० विश्वकप गुमाउने खतरा बढ्दै गएको छ ।
नेपाली टिम अमेरिका प्रस्थान गर्दा बलात्कारको अभियोग लागेका उनकाे अदालतमा मुद्दा विचाराधीन रहेकाले प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकट समेत व्यवस्था गरि सकेको थियो । उनको जर्सी लगायतका कुराहरू प्रिन्ट पनि भइसकेका थिए ।
फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिन मात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल पाएका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर अन्तर्वार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच