सिरहामा नवजात शिशुको शव फेला

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

सिरहा । सिरहामा नवजात शिशुको शव फेला परेको छ ।

जिल्लाको मिर्चैया नगरपालिका-६ मटिअर्वास्थित खेतमा बिहीबार नवजात शिशुको शव फेला परेको हो ।

शिशु महिना नपुगी जन्मेको जस्तो देखिने इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान पठाइएको छ ।

कसैले अवैध गर्भपतन गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?