वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा ७ प्यालेस्टाइनीको मृत्यु

न्युज एजेन्सी नेपाल
Read Time = 2 mins

काठमाडाैं । वेस्ट बैंकमा इजरायली सैनिकहरूसँगको झडपमा कम्तिमा सात जना प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जेनिन शरणार्थी शिविरमा रहेको एउटा घरमा इजरायली बम विष्फोटमा परी थप एक युवकको मृत्यु भएको जनाइएको छ ।

केही घण्टाअघि जेनिनका विभिन्न स्थानहरूमा मुठभेडका क्रममा इजरायली सेनाको गोलीबाट चार प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ । इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा आफ्नो अपरेशनको क्रममा पाँच प्यालेस्टिनीहरूलाई मारेको बताएको छ ।

यो वर्षको सुरुमा इजरायली बुबा र छोराको हत्या गरेको शंकास्पद एक प्यालेस्टाइनीलाई पक्राउ गरिएको थियो । प्यालेस्टाइनी रेड क्रिसेन्टकाअनुसार नाब्लस शहरमा इजरायली सेनाले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ ।

अल-बिरेह सहरमा, सिगोट बस्ती नजिकै इजरायली सेनाको गोलीबाट एक १६ वर्षीय बालकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले यी दुई घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अक्टोबर ७ मा इजरायली-प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण शुरु भएदेखि वेस्ट बैंकमा इजरायलीबाट कम्तिमा २४० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?