काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मौलिक खाना (चौरासी व्यञ्जन) मेला अवलोकन गर्नुभएको छ । सो अवसरमा मन्त्री किराँतीले पर्यटन ऐन ल्याएर ऐनमा नै सबै ठूला होटलले समेत नेपाली मौलिक मेनु राख्नैपर्ने नियम ल्याउन लागिएको बताउनुभयो । नेपालले आफ्नो रैथाने खाना बेचेर र संस्कृति देखाएर नै कमाउन सक्ने उहाँको दाबी थियो । आफू मन्त्री भएपछि विदेश नजाने घोषणा गर्नुभएका किराँती मन्त्री भएको गत बुधबार एक वर्ष अवधिमा कतै विदेश भ्रमणमा जानुभएको छैन । नेपालमै बसेर केही गर्न चाहने युवाका लागि खुलेर हौसला दिँदै मन्त्री किराँती मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको मेलामा राष्ट्रिय लोकदोहीरी प्रतिष्ठानका अध्यक्षसहित इन्द्रेणी टिमलाई लिएर मौलिक बजार पुग्नुभएको हो ।
बसे पनि शहर, गाउँकै खाने रहर, स्वादका लागिभन्दा स्वास्थ्यका लागि खाऔँ भन्ने नाराका साथ काठमाडांैको कपनस्थित वल्र्डमार्ट युनिक सोलुसन प्रालिद्वारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले जैविक विविधता दिवस तथा माघे संक्रान्तिका अवसरमा मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गरेको हो । राष्ट्रिय जैविक विविधिताका अवसरमा आयोजित मेलाको मुख्य उद्देश्य मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकार तथा स्थानीय उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्वन गर्ने भएकाले प्रवद्र्धन गर्न आफू स्वयं जुटेको मन्त्री किराँतीको भनाइ छ ।
मौलिक उत्पादन र परिकारको प्रवद्र्धनका लागि कृष्ण कँडेलको नेतृत्वमा इन्द्रेणी टिमसहित राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रीता थापा, पूर्वअध्यक्ष तथा वरिष्ठ लोकदोहोरी गायक दुर्गा रायमाझी र प्रतिष्ठानका उपमहासचिव शिशिर आचार्यको सहभागितामा विशेष सांस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । मौलिक बजार मौलिक भान्छाघरले अर्गानिक फार्म, पशुपन्छी फार्म, फार्मस्टे, एक स्थानीय तह, एक उत्पादन ब्राण्डिङ गर्न प्रशोधन तथा ब्राण्डिङ उद्योग, सात सय ५३ वटै स्थानीय तहमा खरिदबिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्यअनुरूप मौलिक बजार तथा मौलिक संग्रहालय साथै देशभित्रका मौलिक चाडपर्व, संस्कृति र रैथाने परिकारको प्रवद्र्धन गर्न सात प्रदेश विशेष मौलिक परिकार तथा चौरासी व्यञ्जनको मेनुसहित मौलिक भान्छाघर तथा सांस्कृतिक हलसमेतको मौलिक परियोजना सञ्चालन गरिरहेको छ । माघ ७ गतेसम्म दुई हजारभन्दा बढी अवलोकनकर्ता भित्र्याउने लक्ष्यसहित मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच