गुल्मीमा रिलायबलद्वारा पाँच लाखभन्दा बढी मृत्यु दाबी भुक्तानी

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गुल्मी शाखाले पाँच लाख १० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको तम्घासस्थित शाखाबाट मृतक बीमितको परिवारलाई एक औपचारिक कार्यक्रमका बीच मृत्यु दाबीको रकम भुक्तानी गरिएको हो ।

बीमित इस्मा गाउँपालिका वडा नम्बर २ रातडाडाका यमबहादुर घर्ती क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको थियो । बीमित क्षेत्रीले खरिद गर्नुभएको पाँच लाख बीमाङ्क रकम रिलायबल समुन्नति जीवन बीमा योजना अन्तर्गत उहाँको श्रीमती इन्द्रा घर्ती क्षेत्रीसहित परिवारलाई हस्तान्तरण गरिएको यस शाखाका प्रमुख कृष्णा जिसी बस्नेतले जानकारी दिनुभयो ।

शाखा प्रमुख बस्नेतका अनुसार पाँच लाखको बीमाङ्क रकमको रिलायबल समुन्नति जीवन बीमा १६ वर्ष अवधिको गराउनु भएसंगै एक किस्ता मात्र बुझाउनु भएको थियो । मृत्यु दाबी भुक्तानीको क्रममा उहाँले बीमाको फाइदा र यसले समाजमा खेलेको भूमिकाको बारेमा जानकारी गराउनुभयो ।

त्यस अवसरमा रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थीले बीमाको महत्त्व र आवश्यकतालाई मध्यनजर गर्दै यसको दायरा थप फराकिलो बनाउन जरुरी रहेको बताउनुभयो । सबै टोलटोलसम्म बीमाको पहुँच पुर्‍यानका लागि सहकार्य गर्न वडा सधै तयार रहेको उहाँको भनाइ छ । कार्यक्रममा शाखामा कार्यरत इन्दिरा श्रेष्ठ, एजेन्सी म्यानेजर, जनप्रतिनिधि तथा समाजसेवीलगायतको सहभागीता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?