काठमाडौं । तेस्रो लगानी सम्मेलन शुरु भएसँगै स्वदेशी उद्यमी व्यवसायीहरुले सम्मेलनमा भएको सहभागिताले नेपालमा लगानीको वातावरण खुला भएको महशुस भएको प्रतिक्रिया दिएका छन् ।
सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आईतवारदेखि काठमाडौंमा शुरु भएको छ । विदेशी तथा स्वदेशी लगानी भित्र्याउने उदेश्यले शुरु भएको लगानी सम्मेलन शुरु भएसँगै नेपाली उद्योगी व्यवसायीहरुले सरकारले नीतिगत सुधार गरी नीतिगत स्थिरता कायम गरे लगानीको गन्तव्य बन्नसक्ने अवस्था देखिएको बताए ।
स्वदेशी उद्यमी व्यवसायीहरुले सरकारले स्वदेशी तथा विदेशी लगानीको लागि आवश्यक नीतिगत सुधारहरु गर्न अझै धेरै आवश्यक रहेको बताए । उनीहरुले लगानी सम्मेलनमा लगानीकर्ताहरुको उपस्थिति उत्साहजन भएको भन्दै राम्रो लगानी प्रतिवद्धता आउने अपेक्षा गरे । उनीहरुले सरकारले राष्ट्रिय पुँजी निर्माण र विदेशी लगानीको वातावरण बनाउने लगानीमैत्री स्थिर कानून बनाउन आवश्यकता देखिएको बताउनु भयो । उनीहरुले अध्यादेशमार्फत ९ वटा कानूनमा संशोधन गरी कानूनी सुधारमा सरकारले प्रतिवद्धता जनाए पनि अझै धेरै नीतिगत अफ्ठ्याराहरु रहेको बताए । व्यवसायीहरुले विगतका लगानी सम्मेलन जस्तो प्रतिवद्धता मात्रै जनाउने तर राज्यले चासो नदिने गरेको भन्दै सम्मेलन सकिएसँगै प्रतिवद्धता भए अनुसार कार्यान्वयनको लागि तदारुकता देखाउन जरुरी रहेको बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनमाको शुरुवातको दिन हेर्दा नेपालमा लगानीको वातावरण देखिएको बताउनु भयो । उहाँले अब नेपालमा लगानी गर्ने वातावरण बन्ने अवस्था देखिएको प्रतिक्रिया दिनुभयो । उहाँले लगानी सम्मेलमा प्रधानमन्त्रीदेखि विदेशी लगानीकर्ताहरु सबैले जलविद्युतको बारेमा चर्चा गरेकाले जलविद्युतमा लगानीमैत्री वातावरण बन्ने विश्वास बढेको बताउनु भयो ।
उहाँले जलविद्युतमा सरकारले लगानीमैत्री वातावरण बनाउने र लगानीमैत्री नीतिहरु बनाउन सके ह जलविद्युतमा लगानी आउने वातावरण देखिएको बताउनु भयो । उहाँले सरकारले यसलाई मध्यनजर गरेर तत्काल जलविद्युतमा लगानीमैत्री वातावरण बनाएर नेपाली निजी क्षेत्रलाई पनि समावेश गराए २८ हजार मेगावट विद्युत उत्पादनमा सहज हुने बताउनु भयो । सरकारले सम्मेलन सकिएपछि पनि लगानीका लागि भएका प्रतिवद्धता कार्यान्वयनमा जुट्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ लगानी सम्मेलनमाको सुरुवातको दिन हेर्दा नेपालमा लगानीको वातावरण रहेको देखिएको छ । अब नेपालमा लगानी गर्नुपर्छ भन्ने अवस्था देखिएको छ । लगानी सम्मेलमा प्रधानमन्त्रीदेखि विदेशी लगानीकर्ताहरु सबैले जलविद्युत भनेका छन् । नेपालका जलविद्युतको स्कोप छ त्यसको लागि सरकारले लगानीमैत्री वातावरण बनाउने र लगानीमैत्री नीतिहरु बनाउने हो भने जलविद्युतमा लगानी आउने रहेछ भन्ने अवस्था देखिएको छ । सरकारले यसलाई मध्यनजर गरेर तत्काल जलविद्युतमा लगानीमैत्री वातावरण बनाएर नेपाली निजी क्षेत्रलाई पनि समावेश गराएर लैजाने हो भने २८ हजार मेगावट उत्पादनमा सहज हुन्छ ।सरकारले सम्मेलन सकिएपछि तयारीमा जुट्न आवश्यक छ ।’
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले नेपालमा विदेशी भन्दा पनि गैरआवासीय नेपालीहरुको लगानी धेरै रहेको बताउनु भयो । उहाँले सरकारको नीतिगत समस्याको कारण लगानी सम्मेलनमा गैरआवासीय नेपालीहरुको भुमिका कम पाएको बताउनु भयो । उहाँले धेरै क्षेत्रमा लगानी गरेका गैरआवासीय नेपालीहरुलाई अझ अन्य क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले विदेशी लगानीकर्तालाई आकर्षण गराएर यो सम्मेलनले मुलुकमा लगानीको वातावरण खुला छ भन्ने वातावरण बनाउन सक्नुपर्ने बताउनु भयो । उहाँले विकसित देशहरुका लगानीकर्ताहरुलाई लगानीको लागि प्योकजमा सहुलियतहरु दिएर ठूला लगानीकर्ताहरु ल्याउने वातावरण सरकारले गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अफ्रिकाका मुलुकहरुबाट सिकेर अझै लगानीको लागि विदेशी लगानीकर्ताहरुलाई बोलाउन सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले लगानीलाई सुरक्षित गर्न सरकारले बलियो कानून निर्माण गर्नुसक्नुपर्ने पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ नेपालमा विदेशी भन्दा पनि गैरआवासीय नेपालीहरुको लगानी धेरै रहेको छ । तर नीतिगत समस्याको कारण गैरआवासीय नेपालीहरुको भुमिका कम पाएका छौं । धेरै क्षेत्रमा लगानी गरेका गैरआवासीय नेपालीहरुलाई अझ अन्य क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न जरुरी छ । विदेशी लगानीकर्ता ल्याउनको लागि गैरआवासीय नेपालीहरुको भुमिका ठूलो हुनसक्छ । यो सम्मेलनले मुलुकमा लगानीको वातावरण खुला बनाउन सक्नुपर्छ । ट्याक्स हेवन देश भनेर लगानीकर्ताहरुलाई स्वागत गर्न सक्नुपर्छ । भिसा फ्रि गरेर सबैलाई स्वागत गर्न सकोस् । विकसित देशहरुका लगानीकर्ताहरुलाई लगानीको लागि सहुलियतहरु गरेकाले ठूला लगानीकर्ताहरु आउने गरेका छन् । अफ्रिकाका मुलुकहरुबाट सिकेर अझै लगानीको लागि विदेशी लगानीकर्ताहरुलाई बोलाउन सक्नुपर्छ । लगानीलाई सुरक्षित गर्न सरकारले बलियो कानून निर्माण गर्नुसक्नुपर्छ ।’
नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले लगानी सम्मेलनले आगामी दिनमा मुलुकमा राम्रो लगानीको सम्भावना आउने अवस्था देखिएको बताउनु भयो । उहाँले लगानी आउने वातावरणको लागि सरकारले आझै पनि कानूनी तथा नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनु भयो । लगानी सम्मेलनलाई लगानी सम्मेलनको रुपमा मात्रै नभएर लगानी भित्र्याउने माध्यमको रुपमा राज्यले लिन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल सरकार र नेपाली उद्योगीहरुले लगानी गर्न नसक्ने क्षेत्रमा विदेशी लगानी ल्याउनु आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारको वैदेशिक लगानीको नीति अनुसार लगानी आउने वातावरण नभएको भन्दै नीतिलाई सुधार गरेर सहज बनाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सरकारले लगानी सम्मेलनलाई लगानी सम्मेलनको रुपमा मात्रै नभएर लगानी भित्र्याउने माध्यमको रुपमा निरन्तर लाग्नुपर्छ । नेपाल सरकार र नेपाली उद्योगीहरुले लगानी गर्न नसक्ने क्षेत्रमा विदेशी लगानी ल्याउन आवश्यक छ । आत्मनिर्भर भएका क्षेत्रमा भन्दा पनि ठूलो लगानी आवश्यक भएका क्षेत्रमा विदेशी लगानी ल्याउने वातावरण बनाउनु पर्छ । सरकारको वैदेशिक लगानीको नीति अनुसार लगानी आउने वातावरण छैन । नीतिलाई सुधार गरेर सहज बनाउनु पर्छ ।’
व्यवसायीहरुले मुलुकमा लगानी भित्र्याउनको लागि ८ वटा कानून संशोधन गरेर मात्रै नपुग्ने भन्दै अझै अन्य कानूनहरु परिमार्जन गर्न जरुरी रहेको जनाएका छन् । उनीहरुले राजनीतिक दल र सरकारले विदेशी लगानी र स्वदेशी पुँजी निर्माणको लागि दीर्घकालिन कानून बनाउनु पर्नेमा जोड दिए । उनीहरुले तत्कालको लागि अध्यादेश ल्याएर मात्रै स्वदेशी र विदेशीहरुले लगानीको सुरक्षित वातावरण महशुस गर्ने भन्दै सरकार परिवर्तन भएपनि लगानी सुरक्षाको लागि स्थायी कानून छ भन्ने सन्देश दिनुपर्ने बताए । सरकारले एकद्वार प्रणालीमा सर्भिस दिने वातावरण उद्यमीहरुलाई दिए मात्रै नेपाली र विदेशी लागनीकर्ता उत्साहित भएर लगानी गर्ने जनाए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच