नेपाली भाषा वाङ्मयका अथक साधक बालकृष्ण सम !

बद्रीप्रसाद दाहाल
Read Time = 12 mins

नेपाली भाषा साहित्य वाङ्मयका बहुुविधामा कलम चलाउने अथक साधक बालकृष्ण सम बहुमुुखी प्रतिभाका अविष्मरणीय र अमर साधक हुन् । विसं १९५९ माघ २४ गते माता कीर्तिराज्यलक्ष्मी पिता समर शमशेरको पुत्रेच्छा पूूर्ण गराएका उनी उनान्असी वर्ष बुढ्याएर इहलीला समाप्त गर्न पुुगे । यतिखेर हामी उनको १२०औं जन्मजयन्तीको निकट छौँ । दश वर्षको उमेरदेखि नेपाली सिर्जना संसारमा ताते-ताते गर्दै हिँड्न कसिएका उनी कलम, कुची, रङ्गमञ्च र स्वयं एकतन्त्रीय जहानियाँ राणा शासनविरुद्ध संघर्षको मैदानमा उत्रिएर क्रान्तिकारी भएकैले जेलयात्रासमेत गर्न पुुगे । विचारशील निबन्धकार, सामाजिक यथार्थवादी कथाकार, बौद्धिक कोमलताका कवि, आधुनिक निबन्धकार, उपन्यास, नाटक, खण्डकाव्य र महाकाव्यका सिद्धहस्त लेखनी बनेर हाम्रो नेपाली भाषलाई शिखरस्थ गर्ने कर्मवीर हुन् ।

लेखनाथीय परिष्कारवादी धारामा देशप्रेम र आदर्शलाई अनुवरण गर्दै सात दसक कलम चलाउने उनको आस्था पण्डितराज सोमनाथ सिग्देल, कविशिरोमणि लेखनाथ पौडेल र पं.चक्रपाणि चालिसेहरूलाई काव्यप्रतिभाका त्रिमूर्ति भनेर पुकार्दथे । साथै साहित्य रत्नहरू रूद्रराज पाण्डे र तारापद मुखर्जीका चुम्बकीय व्यक्तित्व पनि उनलाई भित्रैदेखि खिचेको थियो । रेडियो नेपालका निर्देशक, गोरखापत्र दैनिकका सम्पादक, नेपाली भाषा प्रकाशिनी समितिका अध्यक्ष, रोयल नेपाल एकेडेमीका सदस्य, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति, राजसभा स्थायी समितिका सदस्य र सैनिक सेवामा प्रवेश गरेर लेफ्टिनेन्ट कर्णेलसम्म बनेका उनी त्रिचन्द्र कलेजको प्राध्यापकसमेत बने ।

समले आफू जेलमा बस्दा तीन प्रतिज्ञा गरेका थिए । पहिलो-विभेदकारी सामन्ती अभिवादन तोड्ने र सबैलाई नमस्कार ! को प्रणाम बसाल्ने । दोस्रो-सबैलाई ‘तपाइँ’ शब्दमा सम्बोधन गर्ने । तेस्रो-भादगाउँले टोपीलाई राष्ट्रिय पहिरनको मानक बनाउने ।

दरबार हाइस्कुलमा शिक्षा लिएका उनी कलकत्ताबाट म्याट्रिक पास गरी नेपालको त्रिचन्द्र कलेजमा आइएस्सीका विद्यार्थी पनि बने । यसै क्रममा औपचारिक पढाइ छोडेर उनी सैनिक सेवामा प्रवेश गरी लेफ्टिनेन्ट कर्णेलसम्म बने । सिर्जनशील सम स्वतन्त्र र शान्त प्रकृतिका भएको हुँदा उनले सैनिक जागिर रुचाएनन् । आफ्नो अभिरुचिको विषय साहित्य, कला र संस्कृतिको उन्नयनार्थ लागिपरिरहे । यसै क्रममा उनी गोरखा भाषा प्रकाशिनी समितिमा नायकत्व लिन पुुगे । त्यो संस्थालाई नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरण गरी त्यसको माध्यमबाट नेपाली वाङ्मय र भाषासाहित्यको व्यापक प्रकाशन गर्ने नीति लिए ।

स्व.हृदयचन्द्रसिंह प्रधान जो नेपाली निबन्धकार तथा समालोचकको रूपमा रहेका छन् । उनले समका नाटकहरूको समालोचना गर्दा अत्यन्त आदरार्थी अर्थात् दरबारिया शब्दहरू प्रयोग गरी लेखेको देखेर हृदयचन्द्रलाई समले अनुुरोध गर्दै भने यो अप्रिय भयो । (जहाँ मौसुुफ, बक्स्योस्, हुकुम, हजुर, ज्युनार, सबारी आदि शब्द हटाउन सल्लाह दिए) बालकृष्ण शमशेर जबराले आफू संभ्रान्त राणा कुलको भएर पनि त्यो खानदानविरुद्ध हिँडेको आरोपमा भाषण गर्दैको बेला प्रहरीबाट पक्रिएर समका पितापुत्र दुुवैलाई जेल चलान गर्‍यो त्यतिखेरको सरकारले ।

जति समय उनी जेलमा बसे त्यति समय राणा शासकहरूले जनताको हकहितका लागि लड्नेहरूमा जेलभित्र कठोर सजाय र यातना दिएको देखेँ । कतिसम्म भने उनीसँगै जेल परेका न्हुच्छेमानलाई त्यही कुटी-कुटी मारे । यही बर्बर हिंसात्मक घटनाले उनले स्वतन्त्रता सेनानीहरूको निर्मम हत्या गर्ने राणाहरूको शासनको विरोध गर्दै बालकृष्ण पछाडि आउने ‘सम’ लाई मात्र राखेर ‘शेर जंगबहादुुर राणा’ त्यही उत्पीडक शासकलाई चढाउँछु भनी आफ्नो सन्तानलाई पनि नामको पछाडि ‘सम’ अर्थात् जनता बराबर भन्ने आसयमा लेख्न थाले ।

मूूर्धन्य नाटककार समले आफू जेलमा बस्दा तीन प्रतिज्ञा गरेका थिए । पहिलो–विभेदकारी सामन्ती अभिवादन तोड्ने (स्वस्ति गर्ने महाराज ! कोर्णश, साष्टांग दण्डवत् गरी ढोग्ने) र सबैलाई नमस्कार ! को प्रणाम बसाल्ने । दोस्रो-सबैलाई ‘तपाइँ’ शब्दमा सम्बोधन गर्ने । तेस्रो- भादगाउँले टोपीलाई राष्ट्रिय पहिरनको मानक बनाउने । पूूर्वीय एवं पाश्चात्य दर्शन, साहित्य, राजनीति, संस्कृति, धर्म र शास्त्रहरूका अतल गहिराइ छाम्न सफल यी अध्येता भौतिकवाद र अध्यात्मवादको समन्वय हुनुपर्छ भन्ने मान्यता राख्थे ।

मूलतः नाट्यविधा समको सशक्त गौरवपूर्ण चिनारी हो । उनका संयोगान्त वा वियोगान्त धारामा लेखिएका नाटकहरू चाहे पौराणिक हुन् वा ऐतिहासिक समाजिक या स्वैरकल्पनाका प्रयोगवादी किन नहुन् संख्यात्मक एवं गुणवत्ताको दृष्टिकोणबाट अन्तर्राष्ट्रियस्तरका छन् भन्दा अति हुँदैन ।

कवितालाई उनी भावनाको बौद्धिक कोमलता हो भन्न रुचाउँथे । पश्चिमी काव्य स्रष्टा डा.जोन्सन र मैथ्युु आर्नोडको मान्यतासित कविताको समको कविताबारेको धारणा धेरै निकट छ । नेपाली शेक्सपियर भनेर चिनिने उनी नेपाली नाट्य विधाका सम्राट्कै रूपमा समालोचकहरू चित्रण गर्दछन् उनलाई । कविता विधाबाट भएको उनको लेखनयात्रा प्रबन्ध, निबन्ध, उपन्यास, नाटक, र लघुतम, मध्यतम र वृत्तम काव्यसम्म फैलियो । छन्दोबद्ध र छन्दमुक्त दुुवै प्रकारका कविता परिष्कार र विचारको परिपाक पाएर आदर्शवादी यथार्थमा मुखर हुन पुुगेका छन् । उनको छन्दोबद्ध इच्छा कविता होस् वा स्वर्ग र देवता भन्ने गद्य कविता किन नहोस् उस्तै बौद्धिक, सांस्कृतिक र देशप्रेमले अभिसिञ्चित छन् ।
जस्तै समका केही काव्य हरफ :
हेर लौ भाइ हो आओ, उठेर पटुका कस ।
प्रेमको छाप मारेर देश प्रेम सिकाउँदै ।।
अब लड्नै प¥यो नाक राखी राजा र देशको ।
फेरि ज्वालामुखी दन्की सुनौला तरबार भो ।।
संस्कृतको अनुुष्टुप छन्द र शेक्सपियरको ब्ल्याङ्कभर्स दुुवैको शैलीबीच पुल बनेर सफल ढंगले कलम चलाएका सम नेपाली वाङ्मयका काव्य विभूतिकै कोटिमा छन् । संस्कृतका दुुर्बोध्य शब्दहरूमा भन्दा मौलिक नेपाली शब्दलाई लेखनमा आत्मसात गर्ने उनको ध्येय थियो । महान् नाटकार विलियम शेक्सपियरको रोमियो जुलिट नाटक हेरेर पढेर उनमा प्रेम भनेको परमेश्वर हो भन्ने भावना प्रगाढ बन्न पुुग्यो ।
मूूलतः समको व्यक्तित्व कला, साहित्य, संस्कृति र दर्शनको चतुुर्मुुखी ब्रहृमाजस्तै हो । मूलतः नाट्यविधा उनको अझ सशक्त गौरवपूर्ण चिनारी हो । उनका संयोगान्त वा वियोगान्त धारामा लेखिएका नाटकहरू चाहे पौराणिक हुन् वा ऐतिहासिक समाजिक या स्वैरकल्पनाका प्रयोगवादी किन नहुन् संख्यात्मक एवं गुणवत्ताको दृष्टिकोणबाट अन्तर्राष्ट्रिय स्तरका छन् भन्दा अति हुँदैन । महाकाव्य, खण्डकाव्य, नाटक, निबन्ध, रूपक, प्रबन्ध, आत्मकथा, कथा, जीवनी, नेपाली ललितकला, जीवनी, दर्शन, आदि विविध विधामा कलम चलाउने उनी चित्रकला, सफल छविकारक व्यक्तित्वमा नेपालका एक बौद्धिक तारा र अथक कर्मवादी स्रष्टाको तहमा चम्चमाइरहेका छन् । उनका विभिन्न कृतिमा घन्किएका यी काव्यवाणीहरूलाई नियालौँ त :
ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ ।
मुठ्ठी खोलेर जो आयो मुठ्ठी खोलेर जानु छ ।
दुुःखीको घरमा मात्र तेरो वास हुने भए ।
हे ईश्वर दया राखी मलाई अझ दुुःख दे ।।

यै माटाका सबै हामी यै माटोमुनि मिल्नु छ ।
मृतभस्म नबन्दैमा झिल्को भैकन बल्नुु छ ।।

सूूक्तिपरक, देशप्रेमले अभिभूत, मानवतावादका उत्कृष्ट नाद, दर्शनको ज्योति, अध्यात्मको आलोक के के पो भेटिँदैन उनका सारगर्भित सिर्जनाहरूमा । त्यसैले त भन्न सकिन्छ नेपाली नाट्य सम्राट्, मूूर्धन्य काव्यहस्ती, देशको माटोलाई सुुगन्धित बनाउने स्रष्टा महारथि हुन् सम । उनको यो एक सय बीसौं जन्मजयन्ती यिनै वाक्यपुुष्पाञ्जलिमार्फत श्रद्धाञ्जलि चढाउँछु । समाप्तम् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?