काठमाडौं । पुख्र्यौली नेपाल भएका बंगलादेशी नागरिक मनोजबहादुर गोर्खाको हाल एक समारोहबीच काठमाडौंमा स्वागत तथा सम्मान गरिएको छ । बंगलादेशमा नेपाली भाषा र संस्कृतिको संबद्र्धमा योगदान पुर्याउँदै आउनुभएका गोर्खा हाल काठमाडौंमा हुनुहुन्छ । यस क्रममा चावहिलस्थित ओम डेन्टल हस्पिटलको सभाकक्षमा उहाँलाई शुक्रबार सम्मान गरियो । विभिन्न छवटा संस्थाहरू आयोजक रहेको कार्यक्रमको सभापतित्व विराज समाजका अध्यक्ष रामप्रसाद दाहालले गर्नुभएको थियो भने मनोज न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
प्राडा.कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा डा.सुवास घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । मनोज गजुरेल, अरुण सुवेदी, मञ्जु काँचुली, ऋषभदेव घिमिरे, शिव अधिकारीलगायत वक्ताहरूले आ-आफ्नो विचार व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मनोज गोर्खाले पनि बोल्नुभएको थियो । कार्यक्रममा मनोजबहादुर गोर्खाको कविता कृति ‘मेरो कविता’ सार्वजनिक गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच