बझाङमा एमालेका भण्डारीको अग्रता कायमै

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । बझाङ उपनिर्वाचानमा छबिसपाथिभेरा गाउँपालिकाको सबै वडाको मतगणना सकेर अहिले थलरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको पाँच वटा वडाको मतगणना सकिएको छ ।

जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।

सुरुवातदेखि नै लिड गरिरहनुभएकाे  एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८५ मतसहित अग्रता बनाउनु भएकाे छ ।

नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहको २ हजार ५७० मत ल्याउँदा माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ८३८ मत ल्याउनु भएकाे छ ।

एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९ मत ल्याउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *