ओखलढुंगा । ओखलढुंगाका विभिन्न ठाउँका सामुदायिक तथा निजी वनमा ६ दिन देखि लागेको डढेलो नियन्त्रण हुन सकेको छैन । बैशाख ११ गते देखि शुरु भएको डढेलो अझैसम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।
चम्पादेवी गाउँपालिका वडा नं ६ र ७ को सिमानामा रहेको चनौटे सामुदायि वन र मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं ४ झम्कु सामुदायिक वनमा बैशाख ११ गते देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त दुवै ठाउँको जंगलमा लागेको आगोले तत्काल मानव वस्ति भेट्ने संभावना नरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
त्यसै गरी बैशाख १२ गते देखि लागेको सुनकोशी गाउँपालिका वडा नं १० को सन्सारी सामुदायिक वनको डाढेलो पनि नियन्त्रणमा आउन सकेको छैन । ढाड सामुदायिक वन सिद्धिचरण नगरपालिका–१, ज्यामिरे सामुदायिक वन नगरपालिका–९ मा लागेको डडेलो अझै नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
त्यसै गरी बैशाख १५ गतेदेखि मोलुङ्ग गाउँपालिका–२ स्थित लामीडाँडाको तिल्केघारी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । सबै आगलागी भएका वनमा स्थानियबासी र प्रहरीको टोली समेतले आगो निभाउने प्रयास गरिरहेको बताएका छन् । तत्काल गाउँवस्तिमा आगो जान सक्ने संभावना नभएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरिक्षक बलिस्टार सिंहले जानकारी दिनुभयो । स्थानिय नागरिक भने त्रासमा बसीरहेको बताएका छन् ।
हिँउद महिनाको सुख्खा याम शुरु भए सँगै वनमा डँढेलोका घट्नाहरु बृद्धि हुँदै गएका हुन् । बैशाख महिना लागेपछि दैनिक जसो वनमा डँढेलोका घट्नाहरु थप हुँदै गएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्याँक अनुसार बैशाख महिनामा दैनिक ११ वटा सम्म सामुदायिक तथा निजी वनमा आगलागी भईरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच