जनकपुरधाम । चलचित्र ‘रावायण’ को छायांकन जनकपुरको जानकी मन्दिरबाट सुरु भएको छ । सुदर्शन थापाको निर्देशन रहने यो चलचत्रको पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरीलगायतको उपस्थितिमा सोमबार जानकी मन्दिरमा क्यामेरा पूजा गर्दै छायांकन सुरु गरिएको हो ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने चलचित्रका निर्मातामा सुदर्शन र पूजा हुनुहुन्छ । चलचित्र यसै वर्षको भदौ २१ गते तीजका दिन प्रदर्शनमा आउनेछ । चलचित्रमा पल, पूजा र प्रमोदसँंगै प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाललगायतका कलाकारको अभिनय रहनेछ ।
शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व रहने यो चलचित्रको वितरण उपत्यकाभित्र ऋच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफ.डी कम्पनीले गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच