अछाममा शव लिएर घाट जाँदै गरेको ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु, २३ घाइते

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । अछाममा दाहशंस्कारका लागी शव लिएर घाट जाँदै गरेको ट्रयाक्टर दुर्घटना भएको छ । जिल्लाको पन्चदेवल नगरपालिका ४ कालिकास्थान भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

पन्चदेवल नगरपालिका ४ कै ६० बर्षिय जहरी कामीको लास लिएर घाट तर्फ जाँदै गर्दा भे १ त ६७५६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी सोही ठाउँका २२ बर्षिय बृख बिकको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्रयाक्टर दुर्घटनामा परी २३ जना घाइते भएका छन् । २३ मध्ये ४ को अवस्था गम्भिर रहेको छ भने १९ जनाको अवस्था सामान्य रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?