![भरतपुर भ्रमण बर्षको प्रवर्द्धन गर्न सवारी साधनमा स्टिकर](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/bharatpur-stikar-news.jpg)
काठमाडौं । भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न भएको छ । भारती पिक्चर्स प्रालिको प्रस्तुतिमा प्रवासी साझा मञ्चद्वारा आयोजित भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ भारतको चण्डिगड स्थित टागोर थियटर सेक्टर १८ ‘बी’ मा सम्पन्न भएको हो ।
अवार्ड कार्यक्रमका संयोजक एवं भारती पिक्चर्स प्रालिका अध्यक्ष अमृत भारतीका अनुसार प्रवासी साझा मञ्चका अध्यक्ष कृष्णकुमार श्रेष्ठको सभापतित्व र संस्कृति विभाग प्रमुख नेपाली दूतावास भारतका गोकुल बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ५७ विधामा नेपालबाट कलाकारलाई अवार्ड वितरण गरिएको थियो ।
कार्यक्रममा लोक गायक कृष्ण कँडेललाई दीर्घ साधना सम्मानद्वारा सम्मानित गरिएको थियो । दशकका गायिकाको रूपमा पूर्णकला बिसीलाई सम्मान गरिएको थियो भने मौलिक लोक गायकको रूपमा रामकुमार नेपालीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पत्रकार सम्मान कमल चौलागाईंलाई प्रदान गरिएको थियो । चण्डिगढमै पहिलो पटक यति धेरै कलाकार र दर्शकको उपस्थितिमा सम्पन्न कार्यक्रमलाई पिएन सापकोटा र संस्थाका सचिव करण खड्काले सञ्चालन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच