म्याग्दीको अलबाङमा बाढी : खेतीयोग्य जमिन पुरियो, दुईघर जोखिममा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । शुक्रवार साँझदेखिको निरन्तर वर्षाका कारण शनिवार दिउँसो म्याग्दीको बेनी नगरपालिका ९ तोरीपानीको अलबाङमा आएको बाढीले खेतबारी पुरेको छ भने दुई घर जोखिममा परेका छन् ।

ठाडोखोलामा आएको बाढीले वस्ती नजिकैको करिव १० रोपनी जग्गामा क्षति पु¥याउनुका साथै दुईवटा घर र गोठ जोखिममा परेका स्थानीय बेल चोखालले जानकारी दिनुभयो ।

बाढी आएर क्षति पु¥याएको जानकारी प्राप्त भएपछि बेनी नगरपालिकाका मेयर सुरत केसी घटनास्थलमा पुगेर बाढी रोकथामका लागि स्थानीयसँग आवश्यक छलफल गर्नुभएको मेयर केसीको सचिवालयले जनाएको छ ।

यसैगरी वर्षाका कारण म्याग्दीका मुख्य र ग्रामीण सडक अवरुद्ध भएका छन् । बेनी–जोमसोमलगायत म्याग्दीका अधिकाँश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।

वर्षाका कारण पहिरोले सडक अबरुद्ध भए पछि पाँच दिनका लागि बेनी जोमसोम सडक बन्द गरिएको छ भने जिल्लाको आठओटा ग्रामीण सडक अबरुद्ध भएका छन् । म्याग्दीलगायत धौलागिरि क्षेत्रमा अहिलेसम्म पनि वर्षा भइरहेको छ ।

त्यसैगरी ग्रामीण सडक अवरुद्ध हुँदा तरकारी लगाएतका स्थानीय उत्पादन विक्री वितरणमा समस्या भएको किसानहरुले बताएका छन् । गाडी गुड्ने सडकमा खोला बगेको छ । बेनी–पहिरो र हिलोेका कारण बेनी–दरवाङ, बेनी–मालढुङ्गा, बेनी–बागलुङ सडकखण्डमा पनि सवारी चलाउन कठिन भएको बेनी–दरवाङ सडकखण्डका सवारी चालक टेकबहादुर पुनले बताउनुभयो ।

“तोराखेत र बाङ्गेभीरमा लगातार पहिरो खसिरहेको छ, पहिरोका कारण सहजरुपमा सवारी साधन आवतजावत हुन सकेका छैनन्,कतिबेला ठूलै पहिरो खसरे सत्यानास बनाउने हो भन्ने त्रास छ” पुनले भन्नुभयो ।

पहिराले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् । शुक्रवार साँझदेखिको अविरल वर्षाका कारण झरेको पहिराले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडक अवरुद्ध भएका हुन् ।

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध हुँदा ठूलो समस्या उत्पन्न हुने गरेको छ । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा माथिबाट पहिरो र तलबाट नदी कटानले गर्दा विभिन्न नौ ठाउँमा अवरुद्ध हुने गरेको छ भने पश्चिम म्याग्दी र बागलुङका १४ वटा गाउँलाई जोड्ने बेनी–दरबाङ सडकको समस्या पनि बेनी–जोमसोम सडकको जस्तै रहेको यातायात व्यवसायीले बताएका छन् । यहाँ सडक माथिबाट ढुङ्गासहितको पहिरो आउने र म्याग्दी नदीको कटानका कारण सडक भासिने गरेको छ ।

छ किलोमिटर दूरीको बेनी–पुलाचौर, आठ किमी दूरीको बेनी–बरङ्जा र सात किमी दूरीको बेनी–झीँ सडकमा पनि साना यातायातका साधन मात्र सञ्चालन भएका छन् ।

यहाँका सडक अवरुद्ध भएपछि टाढा–टाढा पुग्ने यात्रु बीच बाटोमा अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । वर्षा निरन्तर भइरहेका कारण राजमार्गका सडक सञ्चालन हुन केही समय लाग्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?