कांग्रेसको षडानन्द नगर सम्मेलन सुरु

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । नेपाली कांग्रेस षडानन्द नगरपालिकाको नगर सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले उद्घाटन गर्नु भयो ।

नगर सम्मेलनमा पार्टी सभापति तथा प्रदेश सांसद बिनोद बान्तवा, जिल्ला कार्य समितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्र कार्य समिति, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि, क्रियाशिल सदस्यसहितका नेता कार्यकर्ताको सहभागिता रहेको सम्मेलन संयोजक तथा पार्टी सचिव सफल किराँतले बताउनुभयो ।

कांग्रेसले अहिले जिल्ला तहमा वडा तथा पालिका सम्मेलनहरु गर्दे आई रहेको छ । नगर सभापति भिम तामाङको सभापतित्वमा भएको सम्मेलनमा पार्टी सुदृढीकरण, सदस्यता, संगठन निर्माणलगायतका बिषयमा छलफल तथा अन्तरक्रिया हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?