पाल्पा । पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार साँझ जिल्लाको तिनाउ गाउँपालिका–२, दोभान छिसखोलास्थित भित्रि कच्चि सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
बुटवलबाट कचलखानीतर्फ जाँदै गरेको लु २ ख ८७४ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक रैनादेवी छहरा गाउँपालिका –६ का ४३ वर्षीय जगबहादुर बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच