-मोहन वान्तवा
धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आज सम्पन्न १६ औँ संस्करणमा विर्तामोड युनाइटेड क्लब प्रवेश गरेको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा आज सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३-० गोल अन्तरले हराउँदै विर्तामोड युनाईटेड क्लब उपाधि नजिक पुगेको हो ।
खेलको ४३ औं मिनेटमा विर्तामोडका अनिष लिम्बूले गोल गर्दै टीमलाई अग्रता दिलाएको थियो त्यसपछि खेलको ४६ औं मिनेटमा आयोजक टीम गोलकिपर प्रदिप भण्डारीले डिबक्स बाहिर विर्तामोडका खेलाडीलाई लडाएपछि रातो कार्ड पाएर बाहिरिएपछि आयोजक १० खेलाडीमा सिमित भएको थियो । खेलको ३७ औं मिनेटमा झापाका असिम चापागाईं र ४५ औं मिनेटमा धनकुटा बुद्ध चेम्जोङले रेफ्रिलाई हात हालेपछि पहेँलो कार्ड पाएका थिए ।
खेलको दोस्रो हाफको ४७ औं मिनेटमा अभिषेक गुरुङले गोल गर्दै खेल २–० गोलको अग्रता दिलाए पछि खेलको ६६ औं मिनेटमा आयोजक टीमका पदम भट्टराईले आत्माघाति गोल गरी झापाले ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफको इन्जुरी समयमा झापाका रोहित न्यौपालले धनकुटाका किपरलाई फल गरेपछि पहेँलो कार्ड पाएका थिए खेलमा झापाका मौसम लिम्बू म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार ५ हात पारेका छन् ।
आयोजक टिम धनकुटालाई दर्शकको राम्रो साथ पाएपनि १० खेलाडीमा सिमित भएपछि र पटकपटक गोल गर्ने मौका गुमाउँदा आयोजक टिम पराजित हुन पुगेको हो ।
भने दोस्रो सेमिफाइनल विर्तामोडले उपाधिका लागि पहिलो सेमिफाइनलको विजेता विभागिय टीम सशस्त्र प्रहरीको एपीएफ क्लबसँग भोली शनिबार प्रतिस्पर्धा गर्नु पर्नेछ । एपीएफ बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ ।
२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ। तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच