दाङ । नेकपा एमाले दाङको यही जेठ ६ र ७ गते चलेको जिल्ला अधिबेशनमा जिल्ला अध्यक्षमा शिवकुमार आचार्यको नाम टुङ्गो लागेको छ । आचार्यको नाम सर्वसम्मतले टुङ्गिएको बताइएको छ । आचार्य यसअघि एमालेको लुम्बिनी प्रदेश कमिटि सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
तत्कालिन जिल्ला अध्यक्ष हुकुम बस्नेतकै पालामा जिल्ला अध्यक्ष दाबी गरेका आचार्य यसपाली अध्यक्ष हुन सफल हुनुभएको छ। आचार्य एमाले भित्र पुराना नेताका रुपमा चिनिनुहुन्छ। उहाँ एमाले महासचिव शंकर पोखरेलको बहिनी मेनका पोखरेलका श्रीमान हुनुहुन्छ । दाङको कम्युनिस्ट आन्दोलनमा उहाँले लामो समय भुमिगत जीवन बिताउनुभएको थियो। एमाले दाङको उपाध्यक्षमा मनोहर बुढाथोकीको नाम टुङ्गो लगाएको छ ।
बुढाथोकी यस अघि सचिबको जिम्मेवारीमा हुनुहुन्थ्यो । बर्तमान अध्यक्ष हुकुम बस्नेत र सचिब बुढाथोकी बिच नेतृत्वको बारेमा टकराब बढ्दै गएपछि आचार्य यसपटक नेतृत्वमा पुग्न सफल हुनुभयो । अन्य पदमा सर्ब सम्मतका लागि पहल भइरहेको छ । सचिबका लागि बिबेक श्रेष्ठ र श्याम डाङी बिच प्रतिष्पर्धा चलेको छ । श्रेष्ठलाई बस्नेतले अघि सार्नु भएको भने श्यामलाई मनोहरले अघि सारेको स्रोतले बतायो । पदाधिकारी र सदस्यको अन्तिम नामावलि टुङ्गो लगाउने जिम्मा घोराहीका मेयर नरुलाल चौधरी र तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डेलाई दिईएको छ ।
यसअघि पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको जिल्ला अधिबेशन उद्घाटन गर्न आउने तयारी गरिएको भएपनि केन्द्रमा भएको राजनीतिक उथुलपुथलका कारण अन्तिम समयमा रोकिएको थियो ।
त्यसपछि महासचिव पोख्रेल आँफै गृहजिल्लाको पार्टी अधिबेशन उद्घाटनमा आउनुभएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच