हुम्लाका सांसद छक्कबहादुर लामासहित माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश

Read Time = 1 min

काठमाडौं । नेकपा (माओवादी केन्द्रका नेता तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

भक्तपुर बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

२०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उठेर सांसद जित्नुभएको लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किनुभएको थियो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य लामा, निवर्तमान गाँउपालिका अध्यक्ष बागदल मल्ल, विष्णु लामालगायत हुम्लाका माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो ।

२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित हुनुभएको लामा जिल्लाका प्रभावशाली र लोकप्रिय नेता मानिनुहुन्छ ।

समाचार स्रोतका अनुसार लामासहितको टिमलाई एमालेले प्रवेश गराएर टिकट दिन लागेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?