काठमाडौं । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरीको प्रमुखमा डीआइजी दुर्गा सिंह चन्दको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रवार काठमाडौं परिसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरे र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराईलाई जिम्मेवारी तोकेको छ । भट्टराई यसअघि राष्ट्रिय सुरक्षा परिषदमा थिए ।
काठमाडौं जिल्ला प्रहरी परिसरको हालका प्रमुख भुपेन्द्र खत्रीको सरुवा भने अपराध अनुसन्धान विभागमा भएको छ । उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ ।
यस्तै प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा भएको छ भने कोशीका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर देशबाहिर रहेका बेला भएको सरुवाले प्रहरी उच्च अधिकारीहरूबीच हल्लाखल्ला मच्चिएको छ ।
आईजीपी कुँवर यतिबेला इन्टरपोलको महासभामा भाग लिन फ्रान्सको लियोनमा हुनुहुन्छ ।
काठमाडौं र उपत्यकाका प्रहरी प्रमुखको सरुवामा एआइजी श्याम ज्ञवाली हाबी भएको चर्चा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच