काठमाडौं । मलेसियामा भएको मलेसिया सुपर वुमन्स कपमा नेपाली महिला खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगितामा सीता रानामगर सम्मिलित वेष्टर्न वन्डरले उपाधि जितेको छ । कविता कुँवर सम्मिलित साउथर्न जगुआर्सलाई पाँच रनले पराजित गर्दै वेष्टर्न वन्डरले उपाधि जितेको हो ।
प्रतियोगितामा सीता सर्वाेत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले प्रतियोगिताभर १५० रन र आठ विकेट लिनुभयो । नेपालकै रुविना क्षेत्री उत्कृष्ट ब्याटर र पूजा महतो उत्कृष्ट बलर चुनिनुभयो ।
पूजाले प्रतियोगिताभर नौ विकेट लिनुभएको थियो । उक्त कपमा राष्ट्रिय महिला क्रिकेट टिमका कप्तान इन्दु बर्मा, रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले खेल्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच