![निलम्बित न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/bhuwan-giri.jpg)
काठमाडौं । नेपालमा पहिलोपटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने भएको छ । नेपाल भलिबल संघले आइतबार काठमाडौंमा एक कार्यक्रम गर्दै फ्रेन्चाइजी लिगका लागि केडिया ग्रुपसँग सम्झौता गरेको हो । नेपालमा फ्रेन्चाइज भलिबल लिग गर्न गरिएको यो सम्झौता दोस्रो पटक हो । सम्झौता पत्रमा संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमार केडियाले हस्ताक्षर गर्नुभएको थियो ।
यो आयोजनाका लागि सम्झौता नै भएको झन्डै दुई वर्ष बितिसक्दा पनि हुन सकेको थिएन । त्यतिबेला भलिबल संघ र नेपाल स्पोटर््स एन्ड इभेन्ट म्यानेजमेन्टबीच पुरुष र महिलाको नेपाल सुपर लिग गर्न सम्झौता भएको हो । तर, नेपाल सुपर लिग फुटबल गरिरहेको नेपाल स्पोटर््स यो आयोजनाबाट पछि हटेपछि संघले केडिया ग्रुपसँग आइतबार नयाँ सम्झौता गरेको छ । २०७८ साल भदौमा गरिएको १० वर्षे सम्झौता रद्द गर्दै संघले केडिया ग्रुपसँग नयाँ सम्झौता गरेको हो ।
संघ र केडिया ग्रुपबीच सात वर्षको सम्झौता भएको छ । लिग सम्पन्न गर्न लाग्ने सम्पूर्ण खर्च केडिया ग्रुपले व्यवस्थापन गर्नेछ । त्यो बाहेक केडिया ग्रुपले भलिबल संघलाई हरेक वर्ष ३५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । लिगको पहिलो संस्करण आगामी माघ–फागुन महिनामा गर्ने लक्ष्य राखेको संघका अध्यक्ष चन्दले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच