काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ‘सम्झनामा किसुनजी’ विषयमा आजदेखि दुई दिवसीय तस्बिर प्रदर्शनी आयोजना गरिएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको सन्त नेता भट्टराईको राजनीतिक जीवनसँग सम्बन्धित एकसय तस्बिर समावेश छन् । राष्ट्रियता, इमान्दारिता, पारर्शिता र नैतिकताका पुजारी पूर्वप्रधानमन्त्री भट्टराई नेपालमा प्रजातन्त्र स्थापनाका सन्दर्भमा भएका बैठक, सभा, सम्मेलन, सरकार सञ्चालन तथा विभिन्न विशिष्ट व्यक्तिसँग भेटघाटसँग जोडिएको तस्बिर छन् ।
उक्त प्रदर्शनीको नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का सचिव रामकुमारी झाँक्री विभिन्न पार्टीका नेता तथा कार्यकर्तालगायतले अवलोकन गर्नुभयो ।
रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच