काठमाडौं । टर्कीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी पुनम रावल पराजित हुनुभएको छ । इस्तानबुलमा आइतबार राती भएको खेलमा पुनम ५७ देखि ६० किलो तौल समूहमा ग्रिसका मारिएला कानीसँग पराजित हुनुभएको हो ।
प्रारम्भिक चरणमा बाई पाएकी पुनम ग्रिसका खेलाडीसँग ५-० अंकका आधारमा पराजित हुनुभयो । पुनमको हारसँगै च्याम्पियनसिपमा नेपालको चुनौती सकिएको छ । च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
यसअघि नेपालकी मिनु गुरुङ ५० देखि ५२ केजी तौल समूहमा जापानी खेलाडी रिन्का किनोशितासँग ५-० अंकका आधारमा पराजित हुनुभएको थियो । यस्तै ४६ देखि ४८ केजी तौल समूहमा नेपालकी सुष्मा तामाङ मंगोलियाकी लान्चिव योनसँग ३-२ अंकले पराजित हुनुभएको हो । त्यसैगरी अर्की खेलाडी चन्द्रकला थापा ५४ देखि ५७ तौल समूहमा भारतीय खेलाडी मनिषासँग पराजित हुनुभएको हो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :