पुनम विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित

Read Time = 1 min

काठमाडौं । टर्कीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी पुनम रावल पराजित हुनुभएको छ । इस्तानबुलमा आइतबार राती भएको खेलमा पुनम ५७ देखि ६० किलो तौल समूहमा ग्रिसका मारिएला कानीसँग पराजित हुनुभएको हो ।

प्रारम्भिक चरणमा बाई पाएकी पुनम ग्रिसका खेलाडीसँग ५-० अंकका आधारमा पराजित हुनुभयो । पुनमको हारसँगै च्याम्पियनसिपमा नेपालको चुनौती सकिएको छ । च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यसअघि नेपालकी मिनु गुरुङ ५० देखि ५२ केजी तौल समूहमा जापानी खेलाडी रिन्का किनोशितासँग ५-० अंकका आधारमा पराजित हुनुभएको थियो । यस्तै ४६ देखि ४८ केजी तौल समूहमा नेपालकी सुष्मा तामाङ मंगोलियाकी लान्चिव योनसँग ३-२ अंकले पराजित हुनुभएको हो । त्यसैगरी अर्की खेलाडी चन्द्रकला थापा ५४ देखि ५७ तौल समूहमा भारतीय खेलाडी मनिषासँग पराजित हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
इन्द्रसरोबरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते यु–१६ राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप शुरु सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ विश्वकपअघि भिसा विवाद: इरानले अमेरिकामाथि विभेदको आरोप लगायो ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता