![सलमान र शाहरुखले दिए अनन्तकाे विवाहमा करोडौंको उपहार](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/salman-shaharukh-khan.jpg)
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
नागरिकता विवादमा पक्राउ परेका सिरोहियालाई जिल्ला अदालत, धनुषाका न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सिरोहियालाई जेठ ७ गते काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको थियो। त्यसपछि सोही राति काठमाडौंबाट धनुषा लगिएको थियो। शुरूआतमा जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
त्यसपछि प्रहरीले पाँच दिन हिरासतमा राख्न अनुमति मागेको थियो। जिल्ला अदालतले जेठ ११ मा तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
त्यो समय आज सकिएपछि प्रहरीले जिल्ला सरकारी वकीलको कार्यालयमा मार्फत अदालतमा म्याद थपका लागि पेश गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच