![भ्रमपूर्ण विज्ञापन प्रकाशन/प्रसारण नगर्न अपिल](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Bigyapan-Board.jpg)
काठमाडौं । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहआयोजनामा आगामी असारको पहिलो साता काठमाडौंमा ‘१२औं नेपाल अफ्रिका फिल्म फेस्टिबल-०२४’ आयोजना हुने भएको छ । यो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवं कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा.मञ्जु मिश्रले जानकारी गराउनुभयो ।
महोत्सबका लागि यसपटक १५ भन्दा बढी अफ्रिकी मुलुकका चार दर्जनभन्दा बढी अफ्रिकन चलचित्र, लुघ चलचित्र तथा बृत्तचित्र समावेश भएका छन् । यीमध्ये बढीमा एक दर्जन अफ्रिकी चलचित्रलाई समावेश गराईने भएको छ । महोत्सबमा प्राप्त अफ्रिन चलचित्रहरूलाई अहिले निर्णायकको टिमले हेरिरहेको छ ।
‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्न १३ वर्षअघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौं । महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनुपर्छ भन्ने हाम्रो उद्देश्य छ’, महोत्सव अध्यक्ष डा.मिश्रले भन्नुभयो ।
यस्तै महोत्सबका लागि विभिन्न नेपाली चलचित्र, लघु चलचित्र, बृत्तचित्र, अदिवासी चलचित्र र विद्यार्थी चलचित्रहरू प्रदर्शन गरिने भएको छ । महोत्सबका लागि नेपालका चलचित्र, लघु चलचित्र, बृत्तचित्र, अदिवासी चलचित्र र विद्यार्थी चलचित्रहरू समावेश गर्ने अन्तिम मिति यही १५ जेठसम्म राखिएको महोत्सवका निर्देशक डब्बु क्षत्रीले जानकारी गराउनुभयो ।
विगत १२ वर्षदेखि यो महोत्सब आयोजना हुँदै आएकोमा कोभिडका कारण एक वर्ष भने आयोजना हुन सकेन् । विगत झै यसपटक पनि यो महोत्सवलाई तीन दिनसम्म आयोजना गरिने आयोजक पक्षले जनाएको छ । महोत्सवमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्र्रियालगायत विभिन्न कार्यक्रम छ ।
नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महादीपको संस्कृति चलचित्रमार्फत आदन प्रदान गर्नका लागि यो महोत्सव आयोजना गर्दै आएको आयोजक पक्षको भनाइ छ । महोत्सवमा अफ्रिकन चलचित्रको बारेमा पनि अन्तर्क्रिया गरिने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच