![सलमान र शाहरुखले दिए अनन्तकाे विवाहमा करोडौंको उपहार](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/salman-shaharukh-khan.jpg)
चितवन । नेपाली कांग्रेस चितवनले बिहीबार दलीत र खसआर्य समुदायलाई एकैठाउँमा सहभागी गराएर उदाहरणीय कार्यको सुरुवात गरेको छ ।
सो पार्टीले भरतपुर १७ स्थित मझुवा सामुदायिक वन परिसरमा जातीय छुवाछुत अन्त्य गरी समाजमा समानता स्थापित गर्न सहभोज कार्यक्रम गरेको हो । जातीय समता दिवस २०८१ को अवसरमा सहभोज कार्यक्रम गरिएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।
दलित समुदायबाट खाना बनाउने, जनजाती समुदायबाट खाना बाड्ने र खस आर्य समुदाय सहित सबैजना खाना खाने गरी व्यवस्थापन गरिएको थियो । ब्राहमण, क्षेत्री, गुरुङ, मगर, लामा, थकाली, चेपाङ, दराई, बोटे, कुमाल, शेर्पा, परियार, माझी लगायत चितवन जिल्लामा बसोवास गर्ने ३५ जातजातीका करिब दुई सय भन्दा बढि स्थानीयले संगै बसेर खाना खाएका थिए ।
कार्यक्रममा सभापति राजेश्वर खनालले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर पार्टीले यस्तो कार्यक्रम आयोजना गरेको उल्लेख गर्नुभयो ।
उहाँले सहभोज कार्यक्रमका माध्यामबाट समाजमा रहेको जातीय विभेद अन्त्य गर्नमा टेवा पुग्ने पनि बताउनुभयो । सभापति खनालले नेपाली कांग्रेसको नीति अनुसार समतामुलक समाज निर्माण अभियानमा जातीय निरङ्कुशताबाट समाजलाई बाहिर ल्याउनका लागि संस्थापक नेता वि.पी. कोइरालाले पार्टी स्थापनासँगै जेठ १० गते दलित समुदायका वीचमा सहभोज गरी समता दिवस प्रारम्भ गर्नुभएको स्मरण स्वरुप कार्यक्रम आयोजना गरिएको प्रष्ट पार्नुभयो । जिल्ला सहसचिव गोपाल दराईले सञ्चालन गर्नुभएको कार्यक्रममा स्थानिय व्यवस्थापन नेपाली कांग्रेस वडा कार्यसमिति, भरतपुर-१७ को तर्फबाट वडा सभापति भरत पौडेलले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच