एमालेले मकवानपुर-१ मा कमल थापालाई सघाउने, मकवानपुर एमालेमा असन्तुष्टि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सहयोग गर्ने भएको छ। राप्रपा नेपालका अध्यक्ष थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको हो।

मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा थापा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्दै हुनुहुन्छ ।

‘नेकपा एमालेको सहयोगमा मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार हुँदै छु’, थापाले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ , ‘सद्भाव र सहकार्यका लागि एमालेलाई धन्यवाद ।’ उहाँले लेख्नुभएको छ ।

यता, नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाको टिकट खोसेर थापालाई सूर्य चिह्नबाट उम्मेदवारी दिन सघाउने सहमति भएपछि एमालेभित्र भने विवाद चुलिएको छ ।

केन्द्रीय सदस्य रानाको टिकट खोसिएपछि मकवानपुर एमालेमा असन्तुष्टि देखिएको हो । सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताहरुले आफ्ना असन्तुष्टि पोखिरहेका छन् । पुराना र निष्ठावान नेताको टिकट खोसिएको भन्दै नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

एमालेले यो क्षेत्रबाट जिल्ला इञ्चार्ज समेत रहनुभएका केन्द्रीय सदस्य रानालाई उम्मेदवार तोकेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?