![राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच भेटवार्ता](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/rastrapati-meeting.jpg)
काठमाडौं । नेपालले टी २० विश्वकप खेल्ने तयारी गरिरहँदा क्रिकेटर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ ।
लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै देशका कुटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइएको छ ।
मंगलबार नेपालको गणतन्त्र दिवस परे पनि कार्यालय भने खुला रहने छ ।
आज काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि विदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएपछि उनले सामाजिक सञ्जालमा आफ्नो सपना पूरा नभएपनि देशको सपना पूरा भएकोमा खुशी भएको अभिव्यक्ति दिएका छन् ।
उनले लेखेका छन्, ' इमानदारीपूर्वक, मेरो सपना पूरा नभए पनि म के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच