![चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/lamkhutte.jpg)
-मोहन वान्तवा
धनकुटा । नेकपा एमाले धनकुटाको नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । गत शनिबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको थियो । सो अधिवेशनले अध्यक्ष शिव आङ्लाको अध्यक्षतामा पदाधिकारी निर्वाचित गरेको छ । उनीहरुले आजै पदभार ग्रहण गरेका हुन् ।
धनकुटा सदरमुकामस्थित मदनआश्रित स्मृति भवनमा अध्यक्ष आङ्ला, उपाध्यक्ष चिन्तन तामाङ, सचिब पर्शुराम नेपाल, उपसचिव नैन विश्वकर्मा र तुलसी राईले पदभार ग्रहण गर्नुभएको छ ।
एमालेका नवनिर्वाचित पदाधिकारीलाई एमाले धनकुटाका निवर्तमान अध्यक्ष एवं कोशी प्रदेश सभा सदस्य इन्द्रमणि पराजुलीले पदभार ग्रहण गराउनु भएको थियो ।
पदभार ग्रहण गर्दै अध्यक्ष आङ्लाले अब आफूहरु नेकपा एमालेलाई धनकुटा जिल्लामा एक जुट बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले गाउँ, नगर प्रदेश अनि देशको विकास नेकपा एमालेले मात्र गर्न सक्ने जनाउनु भयो । नेकपा एमालेलाई २०८४ मा धनकुटा जिल्लाको ७ स्थानीय तह र ६० वटै वडामा जिताउने योजना सहित अघि बढ्ने उहाँले बताउनु भयो ।
उहाँले आफूहरु निर्वाचनबाट आएको भएपनि निर्वाचनमा जे जे भयो अब धनकुटा पार्टी गुट रहित बन्ने बनाउने पनि बताउनु भयो ।
जिल्ला सचिव पर्शुराम नेपालले अहिलेको जिल्ला कमिटीमा युवा र अनुभवीको सम्मिश्रण भएकाले पार्टी नेतृत्व पङ्क्ति र कार्यकर्ताको चाहना बमोजिम काम गर्दै पार्टीलाई सफल बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले समग्र पार्टी पङ्क्तिलाई एकजुट बनाएर लैजाने भन्दै ठोस कार्ययोजना बनाएर पार्टीलाई जिल्लामा सफलता दिलाउने जनाउनु भयो ।
उहाँले पार्टीको विधान अनुसार चुन्ने र चुनिने पद्धति अनुरुप नै निर्वाचन भएको र निर्वाचनमा पार्टी दुईधार देखिए पनि आफुले अब एकजुट बनाउने बताउनु भयो । यता पराजित भएका निरेन तामाङले लोकतान्त्रिक पद्धति अनुसार चुनावमा गएको र पार्टी भित्रको आन्तरिक प्रतिष्पर्धा मात्रै भएको बताउँदै उहाँले पार्टी एक जुट बनाइने त्यसमा नेतृत्वलाई आफुले पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो ।
एमालेको आठौँ जिल्ला अधिवेशनमा वर्तमान खानेपानी मन्त्री राजेन्द्र राई पक्षका शिव आङ्लाले वर्तमान प्रदेश सभा सासद ईन्द्रमणि पराजुली पक्षधर निरेन तामाङलाई १ सय ७ मतको अन्तरले पराजित गर्नुभएको थियो । पदाधिकारीहरु अध्यक्ष , उपाध्यक्ष , सचिव र दई सह सचिवहरु गरि पाचै जना राई पक्षकै विजयी हुनुभयो ।
एमाले धनकुटाको आठौँ जिल्ला अधिवेशनले आङ्लाको अध्यक्षतामा ९६ सदस्य जिल्ला कमिटीको चयन गरेको छ । जसमा पदाधिकारी सहित ३५ जनाको लागि मतदान भएको थियो भने लेखा समिति सहित ६१ जना सर्वसम्मत चयन गरेको थियो । ३० सदस्यको लागि ५७ जनाको उमेद्वारी परेको थियो । जेठ १२ गते शनिबारबाट सुरु भएको आठौँ जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि १३ गते बेलुका ७ बजेबाट ११ बजेसम्म मतदान भएको थियो । एमाले धनकुटाको अधिवेशनमा ५ सय ४४ जना मतदाता रहेकोमा ५ सय ३७ मत खसेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच