सानजोसे । कोस्टारिकाका गोलरक्षक केलोर नाभासले सन्न्यास लिने घोषणा गर्नुभएको छ । राष्ट्रिय टोलीबाट १६ वर्षमा १०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्नुभएका ३७ वर्षीय नाभासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत् सन्न्यासको घोषणा गर्नुभएको हो । ‘हामीले बनाएका सबै सम्झनाहरूका लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । हामीले सँगै इतिहास रचेका छौँ । विश्वका उत्कृष्ट खेलाडीको सामना गर्दै कोस्टारिकाको नाम उच्चस्तरमा पुर्याएका छौँ,’ नाभासले भन्नुभएको छ ।
कोस्टारिकाको इतिहासकै उत्कृष्ट गोलरक्षक मानिएका नाभासले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा आफ्नो राष्ट्रिय टोलीलाई क्वाटरफाइनलसम्म पुर्याउनुभएको थियो । उहाँले सन् २०१८ को रुस र सन् २०२२ को कतार विश्वकप खेल्नुभएको थियो ।
नाभासले रियल म्याड्रिडसँग लगातार तीनपटक च्याम्पियन्स लिग जित्नुभएको थियो । रियलसँगै नाभासले एक स्पेनिस लिग र एक पटक कोपा डेल रेको उपाधि जित्नुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच