![बुद्धिचाल राष्ट्रिय खेल प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/buddi-chal-pokhara.jpg)
मुगु । गाउँले सबै यार्सा टिप्न गएको मौका छोपी लुटेरा समूहले मुगुको एक गाउँमा दिउँसै लुटपाट गरेको छ ।
मुगुम कार्मारोङ्ग गाउपालिका वडा न १ डोल्फु गाउँमा शनिवार बेलुका ५ बजे हरियारधारी समूह आइ घरघरमा खानतलासी गर्दै सर सामान लगायत बहुमुल्य सामान नगद लुटेर लगेका हुन् ।
गाउँका सबै यार्सा टिप्न पाटन गएका र गाउँमा बुढाबुढी मात्र रहेका बेला मौका छोपी हरियारधारी समुहले ५० घरधुरिमा २३ घर लुटेको मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले जानकारी गराउनु भयो ।
उहाँका अनुसार गाउँमा रहेका गुम्वाका पुजारी र घर रक्षाका लागि गाउँ मै रहेका कुकुरहरुलाई पनि लुटेर समुहले मणासन्न हुन्र गरि कुट्पिट गरेका थिए ।
यस सम्वन्धमा जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीसँग बुझ्दा घटना सत्य भएको र यथार्थ बुझ्न घटना स्थलबाट ५ घण्टा तल रहेको प्रहरी चौकीबाट प्रहरीको टोलि सो स्थानतिर र साँझसम्म यथार्थ बाहिर आउने बताउनु भयो ।
विगत वर्षहरुमा पनि जुम्लाका पातारासी, पटमारा लगायत बस्तिहरुवाट हरियारधारी समूह आइ झै झगडा गर्ने र यार्सा लुटेर लाने गरेका थिए । यो घटनामा पनि ती ठाउँका कोहि समूह हुन् कि अन्य जिल्लाबाट आएको लुटेरा समूह हो यकिन भएको छैन ।
जिल्ला प्रशासन कार्यालयमा घटना स्थलबाट बडा न १ का वडा अध्यक्ष कार्मा तुन्डुक लामाले घटनाबारे जानकारी गराउनु भएको थियो ।
गाउँ नजिक पाटनहरु रहेकाले गाउँलेहरु कोहि बिहानै पाटन पुग्ने राति घर फर्कने र कोहि १र२ पाटन मै बस्ने फर्कने गर्दछन् ।
बन्दुक, तरवार, चक्कुसहित आएका हतियारधारी समुहले गाउँका घरहरु फोरी त्यहाँ रहेका सुनचाँदि, पुराना भाडाकुडा, जडिबुटी, पुराना गरगहना, लत्ता कपडा सबै लुटेर लगेका छन् ।
प्रहरी घटना स्थल तर्फ गइरहेकाले त्यहा नपुग्दासम्म के कति लुटे, कति कुटिए के कति क्षति भयो भन्न नसकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाले बताउनु भयो ।
घटनास्थल मुगु जिल्ला सदरमुकाम गमगढिबाट १२ घण्टा र पालिका केन्द्र पुलुबाट ६ घण्टा टाढा पैदल दुरिमा पर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच