काठमाडौं । एनआइसी एसिया बैंकले विद्यालयमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । बैंकले विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरेको हो । विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले पुस्तकालय भवन निर्माण गरेको हो ।
बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका-१ मा मोहन्याल माध्यमिक विद्यालय, मधेश प्रदेशको सिरहाको भगवानपुर गाउँपालिका-१ मा बाला सुन्दरी माध्यमिक विद्यालय, कोशी प्रदेशको झापाको बुद्धशान्ति गाउँपालिका–२ मा आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका-३ मा गौरीगञ्ज माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँको बन्दीपुर गाउँपालिका-१ मा पवित्रा माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण गरी हस्तान्तरण गरेको छ ।
मधेशको वीरगञ्ज महानगरपालिका-१४ मा सिद्धार्थ माध्यमिक विद्यालय र लुम्बिनीको रूपन्देही, सियारी गाउँपालिका-४ मा पब्लिक सेकेण्डरी स्कुलको पुस्तकालय भवन निर्माणाधीन रहेको र बागमतीको चितवनस्थित राप्ती नगरपालिका-७ मा वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको भवन निर्माणका लागि निर्माणकर्ता छनोट प्रक्रिया सुरु गरिएको बैंकले जनाएको छ । पुस्तकालय भवनका लागि बैंकले कुल दुई करोड १३ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच