काठमाडौं । आइसीसी टी-२० विश्व कप अघिका वार्म अप खेल आजदेखि शुरु हुँदै छन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ ।
अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९:१५ बजेदेखि शुरु हुँदै छ ।
नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो ।
आइसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ । नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच