![बर्दियामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2022/04/Dubera-nidhan-Water-mirtu-Hita.jpg)
मुगु । मुगुम कार्मारोङ गाउँपालिका-१ डोल्फु गाउँका स्थानीयहरू यार्सा संकलन गएको मौका छोपेर गाउमा लुटपाट गर्ने समुहको खोजी कार्यलाई प्रहरीले तिव्र पारेको छ ।
प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार लुटेरा समुहको खोजिका लागि जुम्ला जिल्ला,डोल्पा जिल्ला र मुगु जिल्लाबाट प्रहरी खटिएका छन् ।
शनिवार साँझ ५ बजे गाउँमा रहेका ५८ घर मध्य २३ घरमा वृद्धवृद्धा र बालबालिकालाई हतियार देखाउँदै लुटपाट गरी भागेको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनु भएको थियो । अध्यक्ष लामाका अनुसार लुटेराहरुले गाउँमा रहेका गुम्बाका पुजारीलाई कुटपिट गरेका थिए ।
समूहले लुटपाट गर्ने क्रममा प्रतिकार गर्न खोज्दा स्थानिय ५३ वर्षीय दोर्जे तामाङ , २६ वर्षीया टोमा छोईङ तामाङ, १८ वर्षीया शान्ति तामाङ र १७ वर्षीय पेमा दोर्जे तामाङ घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि मुगु जिल्ला अस्पताल ल्याउने तयारी भए पनि घटना स्थल १२ घण्टा पैदल दुरि टाढा र सञ्चार सुविधा पनि नभएकाले घाइतेहरुको उद्दार तथा उपचारमा कठिनाइ भएको छ ।
प्रहरीले स्थलगत रुपमा लुटपाट भएको मालसामान,नगद र गरगहनाको एकिन तर्फ लागेकाले सबै लुटेको सामानको एकीकृत मूल्य ननिकाल्दासम्म लुटेराहरुले कति मूल्य बराबरको सर सामान गरगहना र नगद लुटे भन्न नसकिने पनी प्रनाउ थापाले बताउनु भयो ।
घटना शनिबार बेलुकी ५ बजे तिर भए पनि सञ्चार सम्पर्क नभएका कारण आइतबार बिहान मात्र प्रहरीले सूचना पाएको थियो । सूचना पाए पछि पुलु प्रहरी चौकीबाट प्रहरी आइतबार बेलुका घटनास्थलमा पुगेको हो । सीमा प्रहरी चौकी मुगुबाट पनि प्रहरी त्यहाँ पुगेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच