काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिनुभयो ।
थापाले संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनैपनि कारबाही अगाडि बढाउने कुरामा कांग्रेसको साथ नहरने स्पष्ट पार्नुभयो ।
“सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा कांग्रेसको साथ रहदैन । यसको जिम्मेवार कांग्रेस होइन, सत्तापक्ष हो”, उहाँले भन्नुभयो । संसद्भित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने उहाँको भनाइ थियो ।
केहीबेरको नाराबाजी पछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो ।
सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मागअनुसार बोल्न समय दिएपछि कांग्रेसले निरन्तर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
शुक्रवार दोस्रो पटक बसेको बैठकमा पनि नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै नाराबाजी गरेपछि बैठक ज्येष्ठ १ गते अपरान्ह ६ बजे सम्मका लागि स्थगित गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच