सामसुङको नयाँ वासिङ मेसिन

Read Time = 1 min

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसुङले सन् २०२२ को नयाँ लाइन अपअन्तर्गत पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेसिन प्रस्तुत गरेको छ ।

कम्पनीका अनुसार नयाँ एआई इको बब्बल वासिङ मेसिन सहज धुलाई अनुभवका लागि नयाँ एआई कन्ट्रोल विशेषतासहित छन् भने उपभोक्ताको चाहनाअनुरूप आठ केजी र नौ केजी क्षमतायुक्त मोडलका रहेका छन् । २०२२ का वासिङ मेसिन चार नयाँ मोडलमा उपलब्ध छन । एआई कन्ट्रोलले धुलाई तरिकालाई सम्झने र बुझ्ने गर्छ ।

नयाँ वासिङ मेसिन नेपालभरका सबै खुद्रा बिक्री साझेदारमा सामसुङको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारमार्फत् उपलब्ध हुनेछन् । मेसिनहरूको सुरुवाती मूल्य एक लाख १७ हजार नौ सय ९० रुपैयाँ रहेको छ भने एक वर्ष वारेन्टी र डिटिआई मोटरमा १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?