म्याक्सवेल चार महिनापछि फर्किए टोलीमा

Read Time = 2 mins

मेलवर्न । अष्ट्रेलियाका अलराउण्डर क्रिकेटर ग्लेन म्याक्सवेल चार महिनापछि टोलीमा फर्किनुभएको छ । अष्ट्रेलियाले भारतसँग हुने तीन ओडिआई खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा म्याक्सवेलसँगै मिचेल मार्स र झेय रिचर्ड्सन पनि टोलीमा फर्किनुभएको छ ।

गत कात्तिकमा म्याक्सवेलको एक जन्मदिनको पार्टीमा लड्न पुग्दा खुट्टा भाँच्चिन पुगेको थियो । जन्मदिनको पार्टीमा सहभागी म्याक्सवेल बगैंचामा जन्मदिन मनाइरहेका साथीसँग कुद्दा लड्न पुग्नुभएको थियो ।

म्याक्सवेल टोलीमा फर्किंदा टिमको ब्याटिङ मजबुत बन्नेछ । भारत र अष्ट्रेलियाबीचको पहिलो ओडिआई खेल आगामी मार्च १७ मा वानखडे स्टेडियम मुम्बईमा हुनेछ । दोस्रो खेल १९ मार्च र २२ मार्चमा तेस्रो खेल चेन्नईमा हुनेछ । भारत र अष्ट्रेलियाबीच चार टेस्ट खेलको सिरिज सकिन बाँकी छ । दुई खेल सकिँदा भारत २-१ ले अघि छ । तेस्रो खेल मार्च १ देखि इण्डोरमा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?