रुपन्देही । लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको आयोजनामा काठमाडाैैं तथा बुटवलका चिकित्सक बिच उपचार नयाँ पद्धतिको बारेमा अन्तरक्रिया भएको छ । बर्तमान अवस्थामा औषधिको क्षेत्रमा भएको परिवर्तन र उपचारमा प्रयोग गरिने बिधिबारे चिकित्सकहरुसँग अन्तरक्रिया गरेको हो ।
चिकित्सकहरुको अन्तरक्रियामा ५ वटा विषयमा वरिष्ठ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
राप्ती विज्ञान प्रतिष्ठानका डाइरेक्टर तथा जेरीयाट्रीक विशेषज्ञ डा रमेश मान कँडेलले कार्यपत्र प्रस्तुत गर्दैै ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकको उपचारमा अपनाउनु पर्ने अवस्था, औषधीको प्रयोग र गलत औषधीले निम्ताउने समस्यालाई कसरीे उपचारमा सहज बनाउने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
टिचिङ अस्पताल महाराजगन्जका एनेथेसिया तथा क्रिटीकल केयर बिशेषज्ञ डा सुभाष प्रसाद आर्चायले कार्यपत्र प्रस्तुत गर्दै अस्पतालहरुमा उपचार गर्दा अपनाउनु पर्ने बिधि औषधीको प्रयोग बारेमा आफनो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
सिभिल अस्पतालको मेसु तथा वरिष्ठ दम तथा फोक्सो रोग बिशेषज्ञ डा बिदेश बिष्टले कार्यपत्र दम तथा फोक्सो रोग को उपचारमा मा अपनाउनु पर्ने अबस्था बिधि र नयाँ नियमको बारेमा चिकित्सकहरुलाई जानकारी गराउनु भयो।
नर्भिक अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा यादब कुमार भट्टले कार्यपत्र प्रस्तुतिकरण गर्दै मुटुरोगको बारेमा अहिलेसम्म भएको अवस्था थप नयाँ बिधि र चिकित्सहरुले उपचारमा अपनाउनु पर्ने बिधिको बारेमा जानकारी गराउनु भयो। उहाँले मुटुरोगको बारे यसक्षेत्रमा राम्रो उपचार रहेको समेत बताउनु भयो।
लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका अध्यक्ष बिष्णुप्रसाद पौड्यालको अध्यक्षता डा. सुदर्शन प्रसाद धितालको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम भएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेशका इन्टरनल मेडिसिन, जेरीयाटीक मुटुरोग, दम तथा फोक्सो रोगका बिशेषज्ञ चिकित्सक तथा अन्य चिकित्सक लगायतकोे सहभागीता रहेको लुम्बिनी प्रदेशका इन्टरनल मेडिसिनका महासचिब डा सरोज थापाले बताउनु भयो। गत माघमा लुम्बिनी प्रदेशका इन्टरनल मेडिसिन, सोसाइटीको गठन भएको थापाले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच