यहाँ प्रधानमन्त्री कति टिक्ने ठेगान छैन, अरू बारेमा के भ्रम छर्नु : अध्यक्ष राउत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री प्रचण्ड कत्ति टिक्ने कुनै ठेगान नभएको बताउनु भएको छ ।

साथै अध्यक्ष राउतले मधेश प्रदेशका मुख्यमन्त्री उपनिर्वाचनपछि फेरिने तर्क गर्नुभयो ।

साथै राउतले चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्ने बताउनु भएको छ ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा डा. राउनले लेख्नुभएको छ–'यहाँ प्रधानमन्त्री आफैं त कति दिन टिक्ने ठेगान छैन। मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैं बहिर्गमन हुँदैछ। यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन। जसपाका आफ्नै मुख्यमन्त्री र संघीय मन्त्रीहरूको भविष्यको ठेगान छैन, अरू बारेमा के भ्रम छर्नु। चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए काँग्रेसको।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?