काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेका प्रश्नहरूबारे सदनमा जवाफ दिन पाउँ भन्दै सभामुख देवराज घिमिरेलाई पत्र बुझाउनु भएको छ ।
सभामुखलाई लेखेकाे पत्रमा उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा उठिरहेका विषयबारे सदनमार्फत यथाशक्य छिटो जवाफ दिने व्यवस्था मिलाइदिन अनुरोध गर्नुभएको छ ।
आफूमाथि कुनै किसिमको उजुरी जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनि महान्यायाधिवक्ता कार्यालयबाट जानकारी गराइएको पत्रसमेत सभामुख घिमिरेलाई पेस गर्नुभएको छ ।
उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति लामिछानेको संलग्नता सहकारी ठगी प्रकरणमा रहेको दाबी गर्दै कांग्रेसले निरन्तर संसदीय छानविन समितिको माग गर्दै आएको छ । कांग्रेसले संसदीय छानविन समितिको माग राखेर निरन्तर संसद्मा विरोध गरेपछि यसअघिको अधिवेशन अन्त्य गरिएको थियो । संविधानले सरकारको अर्थमन्त्रीले राजस्व र व्यायको अनुमान प्रत्येक वर्ष जेठ १५ गते संघीय संसदमा पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था राखेको छ । यसका लागि संसद् अधिवेशन पनि आह्वान भइसकेको छ ।
यद्यपि सभामुख घिमिरेले सदन खुलाउन प्रमुख दलका शीर्ष नेतासँग आज गरेको छलफल निश्कर्षविहीन बनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच