![सलमान र शाहरुखले दिए अनन्तकाे विवाहमा करोडौंको उपहार](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/salman-shaharukh-khan.jpg)
झापा । सरकारको कन्चो लगानी बिनानै एकैदिन एउटै मञ्चबाट मंगलबार झापाको बिर्तामोडमा १६ लाख रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ ।
झापाली समाज अमेरिका, झापा विकास मञ्च, झापा जिल्ला सहकारी संघले १७ औँ गणतन्त्र दिवसको अवसरमा संयुक्त रूपमा छात्रवृत्ति वितरणको सो अनुकरणीय कार्य गरेका हुन् ।
'भविष्यको कर्णधार छात्रवृत्ति' नाम दिइएको सो कार्यक्रमबाट झापाको ग्रामीण क्षेत्रका ८० विद्यार्थी लाभान्वित भएका छन् । निम्न वर्गीय परिवारका सन्तानलाई शुभारम्भदेखि उच्च शिक्षासम्मको अध्ययनमा सहयोग गर्ने उद्देश्यले तीन वर्ष अघिबाट सो कार्यक्रम सञ्चालित छ ।
आजमात्रै ८० जना विद्यार्थीलाई जनही २० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ । सो कार्यक्रमलाई दीर्घकालीन बनाउने लक्ष्यसहित साझ्रेदार संस्थालाई ५ लाख हस्तान्तरण गरियो ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानालाई समाजका साउदी शाखा प्रतिनिधि मदन ओडारीले हस्तान्तरण गर्नुभएको हो ।
झापा समाज अमेरिकाका संस्थापक अध्यक्षसमेत रहनु भएको ढुंगानाले भविष्यको कर्णधार छात्रवृत्ति कार्यक्रमले शिक्षा लिनबाट बञ्चित हुनु पर्ने बाध्यताको अन्त्य गर्ने कोशेढुंगाको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । सो कार्यक्रमलाई थप प्रभावकारी र सार्थक बनाउने उद्देश्यले आज एक करोड अक्षयकोषको शुभारम्भ गरिएको छ ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी एक र एक लाख र सचिव भवानीप्रसाद दङ्गाल (भानु ) ले ५० हजार उपलब्ध गराउने घोषणा गर्नुभयो । जिल्ला संघको अधिनमा सो कोष सञ्चालन हुनेछ । अहिले झापाका २० वटा सहकारीले २० जना र जिल्ला संघले पाँचजना विद्यार्थीलाई जनही वार्षिक २० र २० हजार रुपैयाँ उपलब्ध गराउँदै आएका छन् ।
सोही कार्यक्रममा कनकाई नगरपालिकालाई शववाहन हस्तान्तरण गरिएको छ । भन्सार छुटमा ल्याइएको शववाहन १० लाख रुपैयाँमा खरिद गरिएको हो । शववाहनको आधा आधा रकम अन्तर्राष्ट्रिय झापाली समाज र नगरपालिकाले बेहोरेको रोटरी क्लब सुरुङ्गा अध्यक्ष शिव कडेलले बताउनुभयो । शववाहन रोटरी क्लब सुरुङ्गाको समन्वयमा ल्याइएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विकले छात्रवृत्ति हस्तान्तरण गर्दै इमानदार सामुहिक प्रयास भए असम्भव लाग्ने कुरा पनि सम्भव हुने बताउनुभयो । यो कार्य शैक्षिक उन्नयनका लागि नमुना भएको दाबी गर्नुभयो ।
कार्यक्रममा झापा विकास मञ्चका अध्यक्ष डा. आनन्द श्रेष्ठ, कनकाई नगर प्रमुख पोखरेल , छात्रवृत्ति पाउने विद्यालयको तर्फबाट सरस्वती मावि मेचीनगरका प्रधानाध्यापक भीम श्रेष्ठ, विद्यार्थीका तर्फबाट जनकल्याण प्रावि गौरीगञ्जका ज्ञानदेव राजवंशी, बुद्धशान्ति गाउँपालिकाबाट अभिभावक सरस्वती रसाइली , दाता सहकारीहरुको तर्फबाट सुनकोशी सहकारीका अध्यक्ष गंगा ओडारीले आआफ्नो धारणा राख्नु भएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच