जोर्डन एसियन कपको फाइनलमा प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जोर्डन एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारमा जारी प्रतियोगितामा हिजो भएको पहिलो सेमिफाइनलमा जोर्डनले दक्षिण कोरियालाई २–० ले हराएर फाइनल प्रवेश गरेको हो ।

जोर्डनका लागि याजान अल नैमात र अल तमारीले एक-एक गोल गरेका थिए । क्वाटरफाइनलमा जोर्डनले ताजकिस्तानलाई र दक्षिण कोरियाले अस्ट्रेलियालाई हराएको थियो ।

जोर्डनले अब फाइनलमा आज कतार र इरानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?