जसपा नेपालको बिद्यान अधिवेसन समापन हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको बिद्यान अधिवेसन जारी छ ।

गत आइतबारदेखि सुरु भएको बिद्यान अधिवेसन पूर्ववतः तालिका अनुसार आज समापन हुँदैछ ।

आजको बैठकमा मस्यौदा बिद्यानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ ।

गत आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा बिद्यानमा हिजो १० वटा समुहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० वटा समुहबाट समूहगत धारणा राखे पछि अधिवेसनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संसोधनसहित बिद्यान पारित गर्ने कार्यसूची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रस्तावित बिद्यानमा ७० बर्षे उमेर हदको प्राबधान राखिएको, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाईएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तिमा पाँच बर्ष पार्टी सदस्यता लिएको पाँच बर्ष हुनुपर्नेलगायत प्रावधान राखिएको बिद्यान प्रस्तुत भएको छ ।

उक्त मस्यौदा बिद्यानमा छलफलका लागि ४२० केन्द्रीय सदस्यसहित करिब आठ सय जना प्रतिनिधिले सहभागिता जनाइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?