उपप्रधानमन्त्री यादव र महासचिव गुटेरेसबीच भेटघाट

हिमालय टाइम्स
Read Time = 1 min

न्यूयोर्क (अमेरिका) । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटघाट भएको छ ।

भेटमा नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्ध, विश्वमा शान्ति स्थापनाका लागि खेलेको भूमिका, दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तनको असर र न्यायका विषयमा छलफल भएको न्यूयोर्कस्थित नेपालको राष्ट्रसङ्घीय नियोगले जानकारी दिएको छ ।

उहाँहरुबीच स्वास्थ्य र जनसङ्ख्याका विषयमा साझेदारीलगायतका विषयमा छलफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?